उदय के.सी.
रुकुम, १२ मंशिर । सुषमा कोईराला मेमोरीयल अस्पताल साँखु काठमाण्डौको आर्थिक तथा प्रविधिक सहयोगमा,जिल्ला अस्पताल रुकुमको समन्वयमा र रुकुमेली समाजविकास केन्द्र रुकुमको आयोजनामा जिल्ला अस्पताल सल्लेमा निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गरिएको छ ।
प्रमुखजिल्लाअधिकारी बंशिकुमार आचार्यको प्रमुखआतिथ्यमा उद्घाटन भएको कार्यक्रममा सुषमाकोईराला मेमोरीयल अस्पताल साँखु काठमाण्डौका मेडीकल डाईरेक्टर एवं प्लाष्टिक सर्जन डा.जसवन शाक्यले शिविर संचालनको उद्धेश्यबारे प्रकास पार्नु भएको थियो ।
शिविरमाआगोले पोलेर कुरुप, असक्त, अपांगभएका, शरिरको विभिन्नभागमा गाँठागुठी, सिष्ट पलाएका, पैतलाभित्रतिर फर्किएका, विष्फोटनमा परेका, जन्मजातओठ तालु फाटेका, आगोले पोलेर टाउकाको कपालगुमाएका ईत्यादिकालागिउपचार गरिने र यहाँनसकिनेहरुकालागिसुषमाकोईराला मेमोरीयल अस्पताल साँखु काठमाण्डानिःशुल्कउपचार गरिने डा शाक्यले बताउँनु भयो ।
उद्घाटनको पहिलो दिनजम्मा १३१ जना (महिला ६५ र पूरुष ६६)आफ्नो स्वास्थ्य परिक्षण गराएको र ६ जनाको सामान्य सल्यक्रियगरिएको डा शाक्यले बताउँनु भयो ।शिविरमा स्वास्थ्य परिक्षण गराउँनलाई जिल्लाकाविभिन्नगाविसहरु तथा छिमेकीजिल्ला सल्लयान, जाजरकोट बाट पनि उृपस्थिति रहेकको थियो । आर्थिक अवस्थाकमजोर भएकागरिव विपन्नवर्गले सेवालिने आयोजकको विश्वास छ ।शिविरमाजाँच भै अपरेशनगर्नु परेमाखानाको व्यवस्थागरिएकोजनाईएको छ । २०७३ मंशिर १४ गते सम्म संचलनहुने गरि तय गरिएको शिविर ४ जना स्वदेशी डक्टर तथा २ जनाजर्मनी डाक्टर सहित १५ जनाको टिम रहेको डा. जसवनशाक्यले बताउँनु भएको छ ।
यस अघि २०७२ बैसाख १२ देखि १५ सम्म संचालनगर्ने पूर्ण तयारी भएपनिशिविर संचालनकै दिनलमजुङ र गोरखा केन्द्रविन्दु पारी गएको महाभुकम्पकाकारण काठमाण्डौमाभएको क्षतीतथा घाईहरुको ठूलो संख्याकाकारण २ दिनमै छोट्ट्याउँनु पर्ने बाध्यता परेकोथियो । रुकुमेली समाजविकास केन्द्रकासदस्यशोभाकर शर्माको अध्यक्षतामा संचालनभएको कार्यक्रममाकार्यकारी निर्देशक भिम बहादुर के.सी को स्वागतमन्तब्यदिनुभएको थियो भने उद्घाटन कार्यक्रमको संचालन संस्थाकै जिल्लाकार्यक्रम संयोजक नरेन्द्र के. सी. ले गर्नु भएको थियो ।
