sadak-donघोराही १० मंसिर ।  दाङको घोराही बजारमा रहेका सडक बालकहरुलाई प्रहरीले नियन्त्रणमा लिएर परामर्श दिन थालेको छ । घोराही बजारमा कवाड खोज्नुका साथै कुलतमा फसेका १० जना बालकलाई प्रहरीले नियन्त्रणमा लिएर परामर्श दिन थालेको हो ।

जिल्लाका बिभिन्न स्थानबाट बजारमा आएका ती बालकहरुका अभिभाबकहरुलाई बोलाएर पराशर्म दिन थालिएको दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए । प्रहरीले बिहिबार देखि उनिहरुलाई कार्यालयमा राखेर सम्झाई बुझाई गरिरहेको छ ।

अभिभाबकको कमजोरीका कारण स्कुल जाने उमेरका बालकहरु घोराहीका सडकमा भौतारीदै आएका छन् । उनिहरु चोरी गर्ने, कुलतमा फस्ने, अश्लिल शब्द बोल्ने गरेका छन्न् । प्रहरीले उनिहरुका अभिभाबकहरुलाई बोलाएर घरमै राख्ने गरि जिम्मा लगाउने तयारी गरेको छ ।