तुलसीपुर १० मंसिर । दाङमा भरुवा बन्दुक सहित दुईजनालाई पक्राउ परेका छन् । जिल्ला प्रहरीको बिशेष प्रहरी टोलीले शुक्रबार भरुवा बन्दुक नाला दुई सहित घोराही ५ घोरदौर बस्ने २३ बर्षका प्रकाश जिएम र सोही ठाउ निबासी ४० बर्षीय दिपक गोरे पुनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुलाई हातहतियार तथा खरखजना अन्तरगत मुद्धा दर्ता गरी आबश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए ।
साथै उनीहरुले जंगली जनावरहैको शिकार गर्नको लागि बन्दुक राखेको भन्ने प्रारम्भिक अन्ुसन्धानबाट खुल्न आएको छ ।











