तुलसीपुर, १० मंसिर । गाडि एक आपसमा ठोकिदा दाङमा दर्जन बढि घाईते भएका छन् । दाङको सङ्ग्राम खोलामा दुईवटा गाडी आपसमा ठोक्किदा सात जना गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
अन्य घाईतेको अबस्था सामान्य रहेको छ । तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको २ ख २५४९ नम्वरको यात्रुबत्रहाक बस र घोराहीवाट पश्चिम पुरन्धारातर्फ पिक्निकको लागि मानिस बोकेर जाँदै गरेको ना ३ ख ७९७४ नम्वरका बस एक आपसमा शुक्रबार बिहान ८ बजे तिर ठोकिदा दुर्घटना भएको थियो ।











