sinchai

तुलसीपुर १० कात्तिक ।  तुलसीपुर नगरपालीका वडानं १० डाँडाखुटि सिचाई योजना निर्माणका लागि २करोड ६२लाख वजेट परेको जिल्ला सिचाइ डिभजन कार्यालय दाङले जनाएको छ ।

पातुखोलामा रहेका कुला मध्य सवैभन्दा माथिवाट आएको डाँडाखुटि सिचाई योजनाका लागि मझौला सिचाई आयोजना मार्फत उक्त वजेट विनियोजन भएको जिल्ला सिचाई डिभजन कार्यालय दाङका ईन्जीनियर मदन शाहले जानकारी दिए ।

डाँडाखुटि सिचाई योजनाको टेण्डर आहावान समेत भैसकेको डिभजन कार्यालय दाङले जनाएको छ । डाँडाखुटि सिचाई कुलोमा पक्की नहर , पक्की वाँध निर्माण तथा अन्य खोल्सा खाल्सीमा समेत स्तरीय कलभट निर्माण गरी सिचाई कुलो पक्की वनाउने काम हुने कार्यालयले जनाएको छ ।

सिचाई कुलो निर्माणका लागि डिभिजन कार्यालय दाङले विहिवार नै नेपाल समाचार पत्रमा टेण्डर आहवानको सुचना प्रकाशन गरेको जनाएको छ ।