इन्द्रेणी संवाददाता
घोराही, १० मंसिर । दुई वर्ष पहिले दाङमा भित्रिएको प्रीत ट्रेक््रटर कम्पनीले आज दाङको घोराहीमा आफ्ना ग्राहक र शुभ–चिन्तकहरुसँग छलफल एवं भेटघाट गरेको छ ।

dscn0575दाङको प्रीत टेक्टरको आधिकारीक विक्रेता मिड वेष्ट एग्रो प्रालि दाङले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले इन्डियन कम्पनीले निर्माण गरेको प्रीत टे«क्टर दाङसहित राप्तीमा छोटो समयमा नै जनजनको मन जित्न सफल भएको बताएका थिए । सहभागी ग्राहकहरुले पछिल्लो समयमा यो कम्पनीको टे«क्टरले दाङमा मार्केट लिएको उल्लेख गर्दै ग्राहकहरुको अझ मन जित्न यसका स्पेर्स पार्सहरुको मुल्यमा जनमैत्री बनाउनुपर्ने बताएका थिए ।

कार्यक्रममा देउखुरी टे«क्टर व्यवसायी समितिका सचिव हनुमान चौधरीले प्रीतलाई अझ कृषक मैत्री बनाएर लैजानुपर्ने बताए । ‘पछिल्लो समयमा यहाँ प्रीतले बजार लिएको छ’, उनले भने, ‘यसले हामी जस्ता व्यवसायीको आर्थिक उन्नतीमा पनि साथ दिएको छ, यसलाई अझ ग्राहक मैत्री बनाउन आवश्यक छ ।’
कार्यक्रममा प्रीत टे«क्टर कम्पनीका ड्पुटी मेनेजर प्रकाशसिंह राँठोरले ग्राहकहरुको सुझावलाई आत्मसाथ गर्दै यसमा भएका कमी कम्जोरीलाई सुधारेर लैजाने बताए । सन् १९८० मा कम्वाइन हार्वेष्टरबाट उत्पादन शुरु गरेको कम्पनीले अहिले ३५ देखि ९० हर्षपावरकाका टे«क्टर बजारमा ल्याएको जानकारी दिए । अहिले नेपाली बजारमा ४० प्रतिशत प्रीतको विक्री रहेको मेनेजर राठोरले दावी गरे ।

कार्यक्रममा दाङसहित राप्ती अञ्चलको आधिकारीक विक्रेताको रुपमा रहेको मिड वेष्ट एग्री प्रालि दाङका प्रबन्ध निर्देशक अनिल आचार्यले प्रीत ग्राहक मैत्री भएकै कारण दाङमा मार्केट लिएको बताए ।

कार्यक्रममा पहिलो ग्राहक डोमराज डाँगी, मुख अतिथि नेपाल पत्रकार महासंघ दाङका सल्लाहकार सविन प्रियासन, सुदन केसी, विवेक श्रेष्ठ, दुर्गा खत्रीलगायतले बोलेका थिए । सो अवसरमा टेक्टरको मर्मत संवारहबारे कम्पनीका इञ्जिनियर भुपेन्द्र महतोले दिएका थिए ।