विराटनगर, १० मंसिर । मोरङको विराटनगर–५ मा ट्रयाक्टरको ठक्करबाट एक जनाको ज्यान गएको छ । विराटनगर–५ को भित्री सडकखण्डमा को १ त ४१७ नम्बरको ट्रयाक्टरको ठक्करबाट पैदलयात्री सुनसरी सीतापुर–३ का ३० वर्षका फारुक मियाको ज्यान गएको हो ।

resized_14632192301283575193ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते भएका मियाको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा बिहीबार राति ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यस्तै सिरहाको लहान–११ मा स ४ प ४३०१ नम्बरको मोटरसाइकल र ना ३७ प ८३०२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार कल्याणपुर–८ का अशोक कुमार साह, लहानका बिधादेवी साह, पुनमदेवी साह र राजविराजका रुपेश यादव घाइते भएका छन् । घाइतेको विराटनगर र लहानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।