इन्द्रेणी संवाददाता
तुलसीपुर, ९ मंसिर । जेसीजको आगामी ४३ औ अधिवेशनका लागि तुलसीपुर नगर जेसिजका तर्फबाट जिवराज शर्माले उम्मेदवारी दिएका छन् । उनले नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्षका लागि उम्मेदवारी दिएका हुन् ।

jibrajतुलसीपुर नगर जेसीज वर्ष २०१४ का अध्यक्ष शर्माले राप्ती अन्चलको एक्लो उम्मेदवारका रुपमा उम्मेदवारी दर्ता गरेका हुन् । तुलसीपुर नगर जेसीजको अध्यक्षका रुपमा रहदा राष्ट्रिय स्तरका कार्यक्रमहरु गरेर तुलसीपुर जेसिजको गरिमा वढाएका शर्मा अहिले प्रचार प्रसारका लागि देश दौडाहामा रहेका छन् ।

‘सवैतिरवाट सकारात्मक प्रतिक्रिया आइरहेको छ आशावादी छु ’ शर्माले वताए । तुलसीपुर नगर जेसिजवाट राष्ट्रिय पदमा उम्मेदवारी दिने शर्मा पहिलो उम्मेदवार समेत हुन् । उनको मनोनयन पहिलो नम्वरमा रहेको छ । राप्ती अन्चलको गरिमाका रुपमा आफुले उम्मेदवारी दिएकाले सवै पक्षवाट सहयोगको अपेक्षा गरेको पनि शर्माले वताएका छन् ।

जिल्लामा वौद्धिक व्यक्तित्वका रुपमा पहिचान वनाएका शर्मालाई जिताउनका लागि अहिले जिल्लामा विभिन्न संघसस्थाहरुले अभियान समेत सञ्चालन गर्दै आएका छन् । देशभर करिव १४० शाखाबाट ४ हजार सदस्य रहेको जेसिजमा १२ उपाध्यक्षका लागि २७ जना चुनावी प्रतिष्पर्धामा रहेका छन् । उम्मेदवार शर्माले आफुलाई विजयी वनाउनका लागि सवै पक्षलाई सहयोगको अपिल समेत गरेका छन् ।