इन्द्रेणी संवाददाता

सल्यान, ९ मंसिर । राप्ती लोकमार्ग जिर्ण बन्दै गएको छ । सडकको बीचबीचमा ठूला ठूला खाल्डा छन् भने तुलसीपुर–कपुरकोट, कपुरकोट–लुहामका मोडहरुमा सडक विग्रेको छ । धुलाम्य छ ।

rapti_sadak-750
कालोपत्रे भएको केही वर्षकै मर्मतको अभावमा राप्ती लोकमार्ग जिर्ण बन्दै गएको छ भने राप्ती लोकमार्गको दाङको तुलसीपुरदेखि सल्यान खलंगा, झलनेता सडकखण्डको यात्रा अत्यन्त कष्टकर भएको छ । ओटासिल गरेको करीव तीन वर्ष नवित्दै अच्ची सडकजस्तो भइसकेको छ । ‘यात्रा गर्न अत्यन्त कष्ट छ, पिचभन्न मिल्ने ठाउँनै छैन’, सो क्षेत्रमा गाडी चलाउदै आएको ध बहादुर नेपालीले भने, ‘दुर्घटनाको सम्भावना वढेर गएको छ ।’

c8c09cbc15afb588eb416859ea3e0338उनका अनुसार साना सवारी साधन चलाउन झनै समस्या छ । मर्मत गरिएको सडक समेत एक वर्ष नवित्दै भत्किएको छ । सबैभन्दा श्रीनगरदेखि कपुरकोटसम्म सडक जीर्ण बनेको गाडी चालकहरु बताउछन् ।

वर्षातको समयमा सडक वढी विग्रने र त्यसपछि खासै मर्मत नहुँने गरेकाले सडक झन पछि झन विग्रदै गएको छ । राप्ती लोकर्मागमा दैनिक साना ठूला गरी एक सयभन्दा वढी सवारीका साधन गुड्छन् ।