रेखा मगर
दाङ, ६ जेठ
दाङमा अहिलेसम्म ७० प्रतिशत मकै रोपेर सकिएको छ । जिल्ला कृषि विकास कार्यालय दाङका अनुसार सिचाँइको सुविधा भएका र चिस्यान क्षेत्रका किसानहरुले मकै रोपिसकेका छन । वाँकी ३० प्रतिशत सिचाँइको सुविधा नभएको सुख्खा क्षेत्रमा मकै रोप्न नसकिएको कार्यालयले वताएको छ ।
लामो खडेरीपछि यस भन्दा पहिले २ पटक परेको पानीले पश्चिम क्षेत्रका किसानहरुले मकै रोपेको कार्यालय प्रमुख श्रीधर ज्ञवालीले जानकारी दिनुभयो । दाङमा २३ हजार हेक्टर क्षेत्रफलमा मकै खेती हुँदै आएको छ । २३ हजार हेक्ट क्षेत्रफल मध्य ७० प्रतिशत जमिनमा मकै रोपिएको उहाँले वताउनुभयो ।
मकै उत्पादनका लागि पकेट क्षेत्र मानिएका पश्चिम दाङको शान्तीनगर, वाघमारे, पञ्चकुले, धनौरी, पवननगर, हेकुली र श्रीगाँउ लगाएतका क्षेत्रमा ७० प्रतिशत मकैको खेती सकिएको कार्यालयले वताएको छ । यस वर्ष कृषि कार्यालयले मकैको उत्पादन वढाउन उन्नत जाका मकैका विउ किसानहरुलाइ उपलव्ध गराएको वताएको छ ।
कार्यालयले उपलव्ध गराएको रामपुर कम्पोजिट, अरुण २ र मनकामना ३ हाइव्रिड लगाएत उन्नत जातका मकैको विउ किसानहरुले रापेका छन । वाँकी अन्य क्षेत्रमा पनि वर्षापछि मकै रोपेर सकिने कार्यालय प्रमुख ज्ञवालीले जानकारी दिनुभयो । यसैविच, सिचाँइ सुविधा भएका ठाँउमा किसानहरुले धानको व्याड राख्न थालेका छन ।।