दाङ ६ जेठ ।
रिद्ध रत्न नाथ नमूना उच्च माध्यमिक विद्यालय नारायणपुरबाट अबकाश प्राप्त गर्नुभएका शिक्षकहरुलाइ विदाइ गरीएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जग्गुप्रसाद चौधरीको अध्यक्षता तथा नारायणपुर स्रोतकेन्द्रका श्रोतब्यक्ति हुमबहादुर केसीको प्रमुख अतिथ्यतामा कार्यक्रम गरी शिक्षक चिन्ताबहादुर वुढाथोकी र चन्द्रकान्त लम्साललाई विदाई गरिएको हो ।feature

चिन्ता बहादुर बुढाथोकी सोही विद्यालयमा ३९ वर्ष ४ महिना सेवारत रहनु भएको थियो भने चन्द्रकान्त लम्साल २८ वर्षसम्म सोही विद्यालयमा शिक्षकको रुपमा रहनुभयो ।

सोही विद्यालयका सहायक प्रधानाध्याक गोकर्ण खनालको स्वागत मन्तब्यबाट आरम्भ भएको कार्यक्रमको सहजिकरण शिक्षक युवराज बस्नेतले गर्नुभएको थियो ।।