अर्घाखाँची, ८ मंसिर । पाँच नम्बर प्रदेश टुक्राउने चलखेल भैरहेको भन्दै त्यसो गरिए कडा आन्दोलन गर्ने चेतावनी जिल्लास्थित विभिन्न राजनीतिक दल र सरोकारवालाले दिएका छन । पहाड र तराई भनेको घर र बेँसी जस्तै भएकोले तराई र पहाडलाई अलग गर्न नहुने भन्दै उनीहरुले तराईका जिल्लाबाट गुल्मी, पाल्पा अर्घाखाँचीलाई छुट्टै ठाउँमा समेट्न खोजे त्यसको प्रतिकार आन्दोलनबाट गर्ने चेतावनी दिए ।

af2d503c21ecbe390843f59693392ab3पाँच नम्बर प्रदेश टुक्राउन नपाइने माग गर्दै उनीहरुले आज संयुक्तरुपमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र समेत बुझाएका छन् । उद्योग वाणिज्य सङ्घ र नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीले संयुक्त रुपमा सन्धिखर्कमा गरेको ‘पाँच नम्बर प्रदेश टुक्राउन नदिने’ विषयक अन्तक्रियामा नेपाली कांग्रेस अर्घाखाँचीका जिल्ला सभापति विष्णुप्रसाद खनाल मुस्कानले सङ्घीय पुनः संरचनाको नाममा पाँच नम्बर प्रदेशलाई टुक्राउन खोजिए प्रतिकार गरिने बताए ।

उनले तराईका जिल्लाबाट गुल्मी, पाल्पा र अर्घाखाँचीलाई छुट्टै ठाउँमा समेट्न खोजे आन्दोलनबाट त्यसको प्रतिकार गर्ने चेतावनी दिए । पहाड तथा तराईका जिल्ला समेटेर बनाएको अहिलेको संरचना नै उपयुक्त भएको बताउँदै उनले यसलाई टुक्राउन नहुने भ जिकिर गरे ।

नेकपा एमालेका अध्यक्ष चेतनारायण आचार्यले देशी विदेशीको इसारामा अहिले सरकार पाँच नम्बर प्रदेशलाई टुक्राउन लागि परेको चर्चागर्दै यो प्रदेश टुक्राउन खोजे त्यसको प्रतिकार गर्ने बताए । नेकपा ९माओवादी केन्द्र०का जिल्ला सहसंयोजक छमकुमारी खनालले कुनै बहानमा पाँच नम्बर प्रदेश टुक्राउन नहुने बताए ।