एजेन्सी, ८ मंसिर । उज्बेकिस्तान एसियाली देश उज्बेकिस्तानको सबैभन्दा चर्चित अनुहार अर्थता पूर्व राष्ट्रपति इस्लाम करिमोभकी छोरी गुलनाराको हत्या भएको समाचार आएको छ।
सेन्ट्रल एसियन न्युज वेबसाइटले उज्बेक नेशनल सेक्युरिटी सर्भिस (एसएनबी) लाई उधृत गर्दै गुलनारालाई विष दिएर हत्या गरएको दाबी गरिएको छ। वेबसाइटका अनुसार गत ५ नोभेम्बरमा उज्बेकिस्तानको राजधानी तासकन्दमा गुलनाराको ज्यान गएको हो । गत सेप्टेम्बर २ मा गुलनाराका पिता तथा उज्बेकिस्तानका राष्ट्रपतिको मृत्यु भएको थियो । यसको एक हप्तापछि गुलनारा उज्बेकिस्तानको एक मानसिक अस्पतालमा भर्ना भएको समाचार आएको थियो ।
गुलनारालाई वर्तमान राष्ट्रपति शौकत मिर्जियोभले नै मानसिक अस्पतालमा भर्ना गराएका थिए । यसको भित्री कारण भनेको बाबुको मृत्यु भएपछि उनी नै राष्ट्रपतिकी दाबेदार थिइन् । यसकै कारण शौकतले गुलनारालाई मानसिक अस्पतालमा भर्ना गरिदिएका थिए । गुलनारा एक समय सोभियत संघकी सबैभन्दा धनी महिलाहरुको टप टेनको सूचीमा पनि थिइन् ।
सन् २००० मा हार्वर्ड यूनिभर्सिटीबाट पढाई पुरा गरेपछि उनलाई विदेशी मामिलामा सल्लाहकार बनाइएको थियो । उनी उज्बेकिस्तानको विदेश राज्यमन्त्री पनि भएकी थिइन् । त्यसपछि उनी पप गायिका बनेर देशभर छाएकी थिइन् । गुलनाराको सुन्दरताका कारण उनलाई उज्बेकानिस्तानका मानिस‘प्रिन्सेस गुलनारा’को नामले बोलाउँथे ।
