पोखरा, ८ मंसिर । कास्कीको कास्कीकोट लोरुकमा अल्ट्रालाइट दुर्घटना भएको छ । दुर्घटनामा रसियन पाइलट अलेक जेन्ठर क्याक्सीमोभको मृत्यु भएको छ ।

altra-light-flightयस्तै एक क्यानेडियन नागरिक घाइते भएको बताइएको छ । तीन जना अट्ने एभिया क्लबको एनएएलसी कल साइन भएको अल्ट्रालाइट दुर्घटनामा पाइलट रसियन नागरिक म्यासीमभको उपचारका क्रममा गण्डकी मेडीकल कलेजको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते क्यानेडियन नागरिकको गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ ।

उड्ने क्रममा रनवेबाट २ सय मिटर पर जमीनमा अल्ट्रालाइट घस्रिन पुगेको प्रत्यक्षदर्शीले बताएका छन् । ह्याण्डग्लाइडिङबाट इन्जिन छोड्ने क्रममा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।