तुलसीपुर ८ मंसिर । थाँहा थिएन उनले अझै कति चिसा रातहरु त्यहि सडक छेउमा विताउनु पर्ने थियो । किनकी तीन हप्ता बढीको खुल्ला आँकास मुनिको वास बस्दा समेत उनलाई कसैले वास्ता गरेको थिएन । देखेको थिएन । उनी न कतै जान्थित न केही गुनासो गर्थिन । एकै ठाँउमा वसिरहन्थिन । रातको कठ्याङग्रीदो जाडो होस वा दिनको घाम उनी चट्टनासरी सबै खेपेर बस्दै आएकी थिईन । उनले यसरी एकै स्थानमा बसेर दिन रात व्यथित गरेको कहाली लाग्दो खबर राप्ती समाचारले प्रकासित गरेकै दिन उनको उद्धार भएको छ ।

मंगलबारको  ‘बालिकाको तीन हप्ता देखि सडकमा बास’ शिर्षकमा समाचार प्रकाशित भएपछि भने जिल्ला प्रहरी प्रमुख  एसपी धिरज प्रताप सिंहले बालिकाको अवस्थावारे सोधपुछ गरे । उनको निर्देशनपछि ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख खुमानन्द पाण्डेले पनि तत्कालै एक्सनमा उत्रिए । उनले विहानै फोनमा भने ‘ तँपाईको पत्रिकाको खबर पढ्दा सारै दुःख लाग्यो , तपाँईले सत्य कुरा लेखिदिएर एउटा जीवन रक्षा गरिदिनुभयो ।’ उनले पत्रिकामा खबर पढे लगतै बाल अधिकारकर्मी नवराज लामिछाने लगायतका व्यक्तिहरु संग परामर्ष गरेको बताए ।

15134610_635875783267019_201755364928642028_nतर, एसपी सिंहले ती बालिकालाई उद्धार गरेर घोराही ल्याउन निर्देशन दिएपछि भने प्रहरीले उनलाई मंगलवार १२ बज्नु भन्दा पहिले नै उद्धार गरेर घोराही पुगाए । तत्कालै एसपी सिंहले ती बालिकाको उपचारका लागि राप्ती उपक्षत्रीय अस्पताल घोराहीमा भर्ना गर्न लगाए । केही दिनको उपचार पछि ती बालिकालाई प्रहरीको महिला सेलमा ल्याउने र संभव भएसम्म आफन्तहरुको पहिचान गरि परिवारको जिम्मा लगाईने एसपी सिंहले बताए ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरले बालिकालाई उद्धार गरी जिल्ला प्रहरी कार्यालय दाङमा बुझाएको पछि एसपी सिंहले उनलाई उपचार एबं परामर्सका लागि उपक्षेत्रीय अस्पतालको एकद्धार संकट ब्यबस्थापन केन्द्रमा पठाउन लगाएका थिए ।  आफ्नो नाम शुक कुमारी बताउने ती बालिकाको स्वास्थ्य परिक्षण पछि उनलाई जिल्ला स्तरिय सेवा केन्द्रमा राखिएको छ ।

राप्ती उपक्षेत्रीय अस्पतालमा रहेको एकद्धार संकट ब्यबस्थापन केन्द्र  ओसिएमसीमा उनको स्वास्थ्य परिक्षणपछि सेवा केन्द्रमा पठाईएको हो । ओसिएमसीका फोकल पर्सन राधा पौडेलका उनुसार उनको स्वास्थ्य अबस्था सामान्य छ । महिला हिंसा पीडितको उपचार एवं परामर्शकाको काम गर्दै आएको ओसिएमसीकी फोकल पर्सन पौडेलले उनलाई  मानव सेवा आश्रममा राख्ने तयारी भएपनि अहिले कोठा खालि नभएकाले सम्भब नहुने बताईन ।  ‘मानवसेवा  आश्रममा राख्ने तयारी थालेका थियौ , तर, त्यहाँ बुझ्दा कोठा खालि नभएको भन्ने खबर आयो ।’ उनले थपिन ‘ त्यसका लागि २०/२५ हजार रुपैयाँ दिने हो भने उस्ले कोठा थप गर्न सक्छ र  सबै निकायको सहयोग आबश्यक छ ’  ।

उनले सबै सामाजिक क्षेत्रमा क्रियाशिल बिभिन्न संघसंस्था तथा ब्यक्तिहरुमा सहयोगको लागि आग्रह गरेकी छिन् । प्रहरीले तुलसीपुरवाट उद्धार गरेर घोराही पुगाईएकी अन्दाजी १३ वर्षीया ती बालिका   खाम भाषा बोल्ने गर्छिन । उनको स्थायी घर  रुकुम÷रोल्पा तिर हुन सक्ने फोकल पर्सन पौडलको अनुमान छ । प्रहरीले समेत उनी सुस्त मनस्थितिकी बालिका हुन कि भन्ने पूर्व अनुमान गरेको छ । प्रहरी स्रोतले भन्यो ‘ सुस्त मनस्थिति भएकै कारण उनका आफन्त वा  परिवार जनले पाल्न धौ मानेर सुटुक्क बसमा ल्याएर यता छोडेको हुन सक्छन् वा उनी गम्भिर प्रकृतीको हिंसामा परेर यस्तो अवस्थामा पुगेको हुन सक्ने अनुमान गर्न सकिन्छ ।’ उनलाई कहाँ र कसरी राख्ने भन्ने बिषयमा बुधबार प्रमुख जिल्ला अधिकारी , महिला बिकास कार्यालयसंग आफुले छलफल गर्ने  पौडलले जानकारी दिइन ।

15139559_706453319508895_580367412_n