गोविन्द खड्का 

घोराही, ७ मंसिर । मगमग बास्ना आउनु एभर ग्रीन गिफ्टस एण्ड म्युजिकल घोराहीको बिशेषता नै हो । त्यसमै यस पटक महिनौ लगाएर आन्तरीक सृगार थपिएको छ । जसले आधुनिकताको झल्को दिन्छ ।

14601051_1842340972669403_637983634713591556_nपसल फैलाएर फराकिलो बनाउनु उम्दा व्यापारीको सामान्य नियम हो । त्यसमा नेट ईन्टरनेटको भरपुर उपयोग गरेर आधुनिकता दिन नया“ पिढिको जागर चाहिन्छ । त्यहि क्षमता एभर ग्रिनमा भेट्न सकिन्छ । पसल भित्र पस्दाको झिलिमिली र व्यवस्थित सजावट सिक्नै पर्ने पाठ बनेको छ । ग्राहकको भनाई छ त्यहि स्तरका पसलहरु स्थापना गर्न सके घोराहीलाई विकसीत शहर भन्न कहरै लाग्छ ।

14708129_1840177212885779_2339400695054998178_nसाउण्ड सिष्टमको गुञ्जिएको ध्वनीले राखिएको स्थान पच्छ्याउन चुनौति दिन्छ । यतै कतै बजेजस्तो सबैतिर भान पार्छ । सुन्दै जादा भेटिने जति गरेपनि होईन । टाडिहरु आधुनिक तरीकाले सजीएका छन् । त्यसमा बस्तु मिल्दो पेन्टको रंग राखिएको छ । सकभर ग्रँहकले खोजेको कुरा भेटिने सञ्चालक भोला खनाल (कुलराज) ले जानकारी दिनुभयो । बस्तु बेच्नु र पैसा कमाउनु मात्रै खनालको चाहना छैन । अरु भन्दा फरक देखिनु र उदाहरण बन्ने शौख पनि जोडिएको छ । ‘सोच र क्षमता अनुसारका व्यवसाय रोजीन्छ’ सफा रहन हातमा कुलीन मल्दै हसिला खनालले भन्नुभयो, ‘झुत्रा झाम्रा राख्दैन । ग्रँहकले खोजेको चिज छैन भन्नु खास्सै पर्देैन ।’

व्यापारीहरु यस पटकको चाडपर्वको चहलपहलले खुशि छैनन् । उनिहरुको बुझाईमा अघिल्ला बर्षहरु भन्दा यो सिजनमा ग्रँहकको चाप निकै घटेको छ । ‘व्यापारै छैन’ मेघा डेकोर घोराहीका प्रज्वल श्रेष्ठले भन्नुभयो, ‘मान्छेहरुको गाडि मोटरमा मात्रै ध्यान छ ।’ बुढाथोकिका अनुसार ग्रँहकको नजर पच्छ्यादै व्यापारीहरु कदम चाल्छन् । भित्र पस्दा छर्लङ्गै देखिने गरी ह्रवाङ परेको जस्तो सजावट छ । बजारमा केहि किन्दैन भनेर आएकोलाई पनि हुटहुटि जगाउ“छ ।

14717286_1840177182885782_7748513613010872972_nहेर्नलाएक, सिक्नैपर्ने, अन्त गएर बखान गर्न सकिने र जिवन यापनमा सजिलो बनाउने साधन यतिवेला विकाउमा छन् । बुढाथोकिका अनुसार पुर्ति गर्न सक्ने हो भने अबका आधुनिक मान्छेको जोड त्यसैमा हुन्छ । राम्रा कम्पनीले महंगा र स्तरीय सामान माग भएजति पठाए बजार उपयुक्त छ । घरको आन्तरीक सजावटका स्तरीय सामानमा मेघा डेकोर प्रख्यात छ । तन्ना, पर्दा, कार्पेट, गलैचा देखि घरको आधुनिक सजावटका लागि चाहिने हरेक खालका बस्तु छन् । महंगा र स्तरीय सामान पाईने भएकाले घोराहीका अन्य बजार क्षेत्रका वासिन्दा पनि व्यापार गर्न घोराही पुग्छन् । अरु बजारमा तिनको मन अघाउदैन ।

14900609_1842340992669401_4919532492253216275_nसुन्दर देखिनु अबको लक्ष्य हो । घर लिपपोत गर्न लागे पछि मात्रै दशै तिहार आयो वा विहे बरु छ भन्ने जमाना छैन । घर रंगाउदैमा के हुदैछ भनेर सोधिन । त्यसैले रंग व्यापारीहरु भन्छन् अघिल्ला बर्षहरु जस्तो यस बर्ष पेन्टसको व्यापार कम भयो । एसियन पेन्टसका आधिकारीक विक्रेता सुपथ ईन्टर प्राईजेजका घोराहीका बिनोद पन्तका अनुसार पच्छिल्ला बर्षहरुमा स्तरीय रंग भित्रिनुले व्यापारमा मन्दि आएको हो । हरेक बर्ष रंग दलेर उज्यालो बनाउनु पर्दैन । एक पटक लगाए आठ दश बर्ष सम्म चल्छ । घर बनाउनेहरले अनिवार्य रंग लगाउछन् । तिनले कुनै चाडपर्व कुर्दैनन् । खुलियो, उप्कीयो वा डिस्कलर देखियो नै रंग लगाएर चिटिक्क पार्छन् । हर तरहले सुन्दर देखिने चाहना पुरा गर्न केहि समय भित्रै कलर हाउस स्थापना गर्न लागेको जानकारी दिनुभयो । त्यो भित्र हरेक कलरको प्रयोग पछि बनेको डिजाईन देखाईन्छ ।

11001770_1605144459722390_3015261617577204994_nसुनचादिका पसलहरुहरुमा पनि शोरुमलाई आधुनिक बनाउने होड छ । चारैतिर शिसा देखि सजावटका नया“ तरिका भेटिन्छन् । ज्ञारेन्टिका गहनाहरुलाई झन् महत्वका साथ सिंगारीएको पाईन्छ । चाड पर्बले मात्रै होईन सरसफाइ र सजावटले पनि ग्राहक खिच्ने गरेको व्यवसायीहरु ब्ताउ“छन् । ‘अहिले व्यापारै भैन’ सुनचादि व्यवसायी संघका अध्यक्ष धु्रर्व कुमार गहतराजले भन्नुभयो, ‘राम्रो छवि भएका साहुहरुकोमा मात्रै व्यापार सप्रिएको छ ।’ कति सुनको कारोवार भयो भनेर गहतराजले खुलाउनु भएन । उहा“का अनुसार बैकहरु बाट आउने बैद्य सुनले मात्रै नपुग्ने भएकाले अन्य उपाए बाट पनि भित्रीने सम्भावना छ । त्यसो भएकाले पनि यतिनै भन्न सकिदैन । तर जसको पसल सुन्दर ढंगले सजिन्छ महंगै परेपनि ग्राहक त्यहि झोतिने चलन छ ।

10544315_1516818378554999_2046932399035852447_n