चेतन रेग्मी
मंसीर ६ तुल्सीपुर । नेपाली काग्रेसका केन्द्रीय सदस्य शेखर कोईरालाले मधेशको राष्ट्रियतामा शंका नर्गन सवैमा आग्रह गर्नु भएको छ । नेपली काग्रेस दाङले आज क्षेत्र नम्वर ४ को पार्टि कार्यालयमा आयोजना गरेका कार्यकर्ता भेटघाटमा बोल्दै उहाँले मधेशिहरु पनी यहि देशका नागरिक भएका कारण उनीहरुको राष्ट्रियतामा शंका गर्नु गलत भएको बताउनु भएको हो । मधेशि जनताले आफनो अधिकार माग्दा राष्ट्रियता बिरोध हुन भन्नु सरासर गलत हो नेता कोईरालाले भन्नु भयो । देशको सिमानामा बसेर राष्ट्रियता प्रति खरो रुपमा उत्रिने मधेशि जनता नै भएको भन्दै काठमाण्डौमा बसेर मधेसका बारेमा योजना बनाउनु नुहेन समेत बताउनु भयो । नेता कोईरालाले संबिधान बनाउदा मेधेशलाई उपेक्षा गरेका कारण अहिलको अवस्था श्रृजना भएको बताउनु भयो । उहाँले सोहि कारणले गर्दा अहिले संबिधान कार्यान्वयन गर्न समस्या उत्पन्न भएको समेत जिकिर गर्नु भयो । संबिधान बनाउदा मधेस लाई उपेक्षा गरियो अहिले एमालेलाई उपेक्षा गरिदै छ , यसले देशलाई हित गर्दैन नेता कोईरालाको भनाई रहेको थियो । नेता कोईरालाले हिन्दी भाषा कहिल्यै पनी राष्ट्रभाषा हुन नसक्ने भन्दै अंगिकृत नागरिकलाई देशको संवेदनशिल पद दिन नसकिने बताउनु भयो । साथै कोईरालाले हिमाल , पहाडमा भुभागको आधारमा र तराईमा जनसंख्याको आधारमा सिमाङन गरिने पर्ने बताउनु भयो ।
त्यसैगरि अर्का केन्द्रिय सदस्य आनन्द प्रसाद ढुगानाले नेपाली काग्रेसकै कारण मुलुक यहाँ सम्म आएको बताउनु भएको छ । उहाँले काग्रेसले मुलुकका लागी गरेको वलिदानिका कारण आजको परिवर्तन सम्भव भएको बताउनु भयो । उहाँले भन्नु भयो , नागरिकहरुलाई अधिकार सम्पन्न गराउन काग्रेस सदैव लागि रहन्छ । नेता ढुगानाले संबिधान कार्यान्वनका लागी ३ वटै निर्वाचन तोकिएकै समयमा गर्नु पर्ने भन्दै निर्वाचन तयारिमा लाग्न समेत कार्यकर्ताहरुलाई आग्रह गर्नु भयो ।
नेपाली काग्रेस दाङका सभापती किर्ति बहादुर खडकाको अध्यक्षतामा भएको कार्यकर्ता भेटघाटमा सांसद वुद्धिराम भण्डारि , अनिता देवकोटा , राजु खनालले जिल्लाको बिकासका लागी प्रयत्नसिल रहेको बताउनु भयो । साथै उहाँहरुले नेपाली काग्रेलाई आगामि निर्वाचनमा पनी बिजयी गराउनका लागी लागि पर्ने बताउनु भयो । सो अवसरमा काग्रेस दाङका निवर्तमान जिल्ला सभापति घनश्याम रेग्मी , निवर्तमान सभापति बिरकेश्वरि गौतम , राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष गोविन्द पोख्रेल , नेताहरु तेज बहादुर वस्नेत , शंकर गिरी , जोगेन्द्र बिश्वकर्मा , बासुदेव जंगलि , क्षेत्र नम्वर ४ का क्षेत्रिय सभापती जगत खडका लगाएतकाले बोल्नु भएको थियो । काग्रेस दाङका कोषाध्यक्ष सावित्रा रानाको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको संचालन सचिव शंकर डागिले गर्नु भएको थियो ।
