बिमल गौतम
तुलसीपुर, ६ मंसिर । भोलि मंगलबार हुने क्लिन तुलसीपुर ग्रिन तुलसीपुर सरसफाई अभियानमा नेपाल सरकारका मन्त्रि सहभागि हुनुहुने भएको छ । प्रत्येक मंगलबार हुने सरसफाई अभियानमा भोलि मंगलबार नेपाल सरकारका सिचाई मन्त्रि दिपक गिरी सहभागि हुने कार्यक्रम तय भएको तुलसीपुर उद्योग बाणिज्य संघले जनाएको छ ।

cleanबिगत ४ महिना अघि देखि तुलसीपुर बजार क्षेत्रलाई सफा एव हराभरा बनाउनका लागि शुरु गरिएको अभियान अन्र्तगत भोलि हुने १४ औ हप्ताको सरसफाई एव जनचेतना कार्यक्रम तुलसीपुर बजारको ङ लाईनमा हुने अभियानका संयोजक तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिमल रिजालले जानकारि दिनुभयो ।

तुलसीपुर उद्योग बाणिज्य संघ र तुलसीपुर नगरपालिकाको संयुक्त आयोजना एव बिभिन्न संघ संस्थाहरुको सहभागितामा भै रहेको सरसफाई अभियानका कारण तुलसीपुर बजार सुन्दर समेत बन्दै गै रहेको बजार बासीहरुले बताउने गरेका छन ।

यसैविच भोलि १४ औ हप्ताको सरसफाई अभियानमा नेपाल सरकारका सिचाई मन्त्रि सहभागि हुने भएकाले उपस्थीतिका लागी आयोजकले सवैमा आग्रह गरेका छन । तुलसीपुर उद्योग बाणिज्य संघ र तुलसीपुर नगरपालिकाले भोलि बिहान ठिक ७ बजे तुलसीपुरको बिरेन्द्र चौकमा उपस्थीतिका लागी सवैमा आग्रह गरेको छ ।