बनेपा, ६ मंसिर । झारफुकको निहुँमा किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका ५८ वर्षीय प्रेम तिमल्सिनाविरुद्ध सोमवार प्रहरीले जबर्जस्ती करणीको मुद्दा दर्ता गरेको छ ।

gh768u6546पीडितका आफन्तले दिएको उजुरीका आधारमा तिमल्सिनाविरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए । बनेपा-५ मा अस्थायी रुपमा बस्ने तिमल्सिनालाई शनिबार नै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यसअघि पनि झारफुकको निहुँमा बलात्कार गरेको आरोपमा काभ्रेपलाञ्चोकको शङ्खु गाविसबाट प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको थियो । ती किशोरीमा तीन महिनाको गर्भ रहेको बताइन्छ ।