काठमाडौ, ६ मंसिर । भूकम्प प्रभावित सबै जिल्लाका पीडितहरुले आगामी माघ १५ गतेभित्र पहिलो किस्ताको अनुदान रकम पाउने भएका छन् । मंसिर १५ भित्र काठमाडौ उपत्यकाभित्रका भूकम्प पीडितहरुसँग पुनर्निर्माण प्राधिकरणले पहिलो किस्ताको अनुदान सम्झौता गर्ने भएको छ ।
आज सिंहदरबारमा बसेको प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बसेको पुर्ननिर्माण प्राधिकरण निर्देशक समितिको बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुसिल ज्ञवालीले पेश गरेको नयाँ कार्यायोजना अनुसार माघ १५ भित्र सबै भूकम्प पीडितलाई पहिलो किस्ताको अनुदान रकम वितरण गरिसक्ने र सबै गाविसहरुमा एक सय जनाका दरले पुनर्निर्माण स्वयंसेवक परिचालन गर्ने प्रस्तावसमेत गरेका छन् ।
कार्ययोजनामा फागुन मसान्तभित्र ५० हजार निर्माणकर्मी उत्पादन गरी जोखिमयसक्त वस्ती स्थानान्तरणका लागि भौगर्भिक अध्ययन र पहिचान गरी वैकल्पिक व्यवस्था गर्ने निर्णयसमेत गरेको छ ।
