उदय बीसी
दाङ, ६ मंसिर । मध्यपश्चिम प्रहरी प्रमुख एवं डिआइजी माधवप्रसाद नेपालले मध्यपश्चिमको सुरक्षा व्यवस्था सन्तोषजनक भएको बताएका छन् । आज विहान दाङको घोराहीमा भएको पत्रकार भेटघाटमा नेपालले नेपाल प्रहरीको सक्रियता वढाएकाले सुरक्षा व्यवस्था सन्तोषजनक भएको बताएका छन् ।

dscn0533-copyअहिले नेपाल प्रहरीले मध्यपश्चिमका १५ जिल्लालाई हिमाली र तराई गरी दुई किसिमले बाँडफाँड गरेर सुरक्षा व्यवस्था मिलाएको प्रहरी प्रमख नेपालले बताए । दाङ, बाँके, वर्दियालाई तराइँ र अन्य जिल्लालाई हिमाल क्षेत्रमा विभाजन गरेर सुरक्षा व्यवस्था मिलाएको उनले जानकारी दिए । पछिल्लो करीव नौ महिनाको अवधिमा यी १५ जिल्लामध्ये हिमाली जिल्लाका केही क्षेत्रमा आधुनिक हतियारसहित अपराधिक समूहलाई पक्राउ गर्न सफल भएकाले सो क्षेत्रमा सुरक्षा व्यवस्था सुधार भएको र बाँकी तराईँका जिल्लामा पनि सुरक्षा व्यवस्था सन्तोषजनक भएको उनले बताए ।

नेपालले तराइँका जिल्लामा दाङको सुरक्षा व्यवस्था अन्य जिल्लाको भन्दा राम्रो भएको बताए । ‘दाङ बाँके, वर्दिया भन्दा कम अपराध हुने जिल्लामा पर्छ’ नेपालले भने, ‘जहाँ तस्करी वढी हुन्छ त्यहाँ अपराध वढी हुन्छ, त्यो दाङमा कम छ ।’ मध्यपश्चिमका प्रहरी अधिकृतहरुको एकताका कारण पनि यस क्षेत्रको सुरक्षा व्यवस्था सन्तोषजनक भएको नेपालले दावी गरे ।

नेपाल प्रहरीले स्रोत साधनाको अभावमा पनि शान्ति सुरक्षामा अहम भूमिका निर्वाह गर्दै आएको प्रमुख नेपालको भनाइ छ । दाङमा अहिले ट्राफिक व्यवस्थालगायत सबै प्रकारको सुरक्षा व्यवस्था राम्रो भएको नेपालले बताए । सञ्चर उद्यमी हेमराज धितालको घटनासम्बन्धमा सञ्चरकर्मीहरुको जिज्ञासामा यसको अनुसन्धान जारी रहेको बताए ।