काठमाडौ ६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल आज एक हुने भएका छन् । पशुपति शमसेर जवार नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपाल मिलेर मुल पार्टी राप्रपा हुने भएको छ । आज दिउँसो हुने एकता घोषणा सभाको तयारी पुरा भएको दुवै पार्टीले जनाएका छन् । एकता सभालाई ऐतिहासिक बनाउन लागि परेको नेताहरुले बताएका छन् ।
एकीकृत पार्टीले देशको अग्रणी राष्ट्रवादी प्रजातान्त्रिक शक्तिका रुपमा स्थापित गर्न भूमिका निर्वाह गर्ने बताइएको छ । एकीकृत पार्टीमा दुई जना अध्यक्ष रहने छन् । पशुपति शमसेर जवार अध्यक्ष र कमल थापा कार्यकारी अध्यक्ष रहने छन् ।
त्यसैगरी संसदीय दलको नेता कमल थापालाई बनाइने छ । संसदीय दलको प्रमुख सचेतकमा राप्रपा नेपालकै दिलनाथ गिरी रहने छन् भने राप्रपाका प्रमुख सेचतक परशुराज तामाङ अब सचेतक मात्रै हुने छन् । आगामी माघ भित्र राष्ट्रिय महाधिबेशन गर्ने तयारीका साथ रहेको राप्रपामा हाल तीन सय केन्द्रिय सदस्य बनाइने छ ।











