dipak-giri

तुलसीपुर ४ मंसिर ।   सिंचाई मन्त्री दिपक गिरी भोली तुलसीपुर आउँदैछन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका गिरी मन्त्री भएपछि दोस्रो पटक गृह जिल्ला आउन लागेका हुन । उनले जिल्ला भ्रमणका क्रममा विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाउने छन् ।

नेपाली काँग्रेस क्षेत्र नं. ४ का सभापति जगतबहादुर खड्काका अनुसार कार्यकर्ता भेटघाट , जिल्लाका विकास निर्माणका कार्यक्रममा समेत मन्त्री गिरी सहभागि हुने जानकारी दिए ।

काँग्रेस नेता कोईराला र ढुङ्गाना तुलसीपुर आउँदै
नेपाली काँग्रेसका नेताहरु डा. शेखर कोईराला र आनन्द ढङ्गाना  यही सोमवार दाङ आउने भएका छन् । केन्द्रीय सदस्य द्धय  कोईराला र ढुङ्गाना दाङ आउने भएपछि काँग्रेस दाङ कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गर्ने भएको छ ।  नेपाली काँग्रेस दाङले नेता द्धय कोईराला र ढुङ्गानाको उपस्थितिमा क्षेत्र नं. ४ को क्षेत्रीय पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गर्ने भएको छ । नेपाली काँग्रेस दाङका सचिव शंकर प्रशाद डाँगीले त्यस्तो जानकारी दिएका हुन ।

सोमवार मध्यान्ह १२ बजेपछि क्षेत्रीय पार्टी कार्यालय तुलसीपुरमा कार्यकर्ता भेटघाट हुने जिल्ला सचिव शंकर प्रशाद डाँगीले विज्ञप्तिमा उल्लेख गरेका छन् । सचिव डाँगीले विज्ञप्तिमा सम्पूर्ण  जिल्ला कार्य समिति, क्षेत्रीय कार्य समिति, महासमिति सदस्यहरु , महाधिवेशन प्रतिनिधि, प्रजातन्त्रमा आस्थावान व्यक्तित्वहरु , नगर समिति, गाँउ समिति , भातृ संस्था एवं सभेच्छुक संघ संस्थाहरुलाई उपस्थितिको लागि आग्रह गरेका छन् ।