मकवानपुर, ४ मंसिर । मकवानपुरको भिमफेदी ८ जुरिखेतमा नीजि जिप दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ। प्रहरीले दिएको जानकारी अनुसार एक जनाको घटनास्थलमा र अर्का एक जनाको भिमफेदी मेडिकलमा मृत्यु भएको हो ।

e62b09ae52259fce2db3bee7d17e3310मृतकको सनाखत हुन सकेको छैन । घाइते रहेका ३ जनालाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको प्रह्रीले जनाएको छ। प्रहरीका अनुसार बा ३ च ९२८९ नम्बरको जिप सडकबाट ५ मिटर तल खसेको थियो ।