इन्द्रेणी संवाददाता
घोराही, ४ मंसिर । ग्रामीण उत्थान कृषि सहकारी संस्थाको सातौं साधारणसभा सम्पन्न भएको छ । आज घोराहीमा सम्पन्न साधारणसभाको उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले आर्थिक विकासका लागि सहकारीको भुमिका महत्वपुर्ण हुने बताए ।
कार्यक्रममा प्रमुख आतिथि एवं ग्रामीण कृषि सहकारीका सदस्य खिमकान्त पोख्रेलले आर्थिक रुपमा बलियो हुनका लागि सहकारीको अति आबश्यकता रहेको बताए । सो अवसरमा पत्रकार जनक नेपाली,ले बोलेका थिए । कार्यक्रममा उत्ृकष्ट वचतकर्ता किशोर विक, विष्णु गौतम, गौरीकाला थोकी, छपबहादुर विक, सरस्वती कालाथोकी कमर्चारी संगिता सोनाम, मिना खनाल, पुजा कवर, शान्ता पाण्डे, र गोमा अधिकारीलाई नगद प्रसंशसा पत्रले सम्मान गरिएको छ ।
साधारणसभामा सहकारीका कोषाध्यक्ष चुर्ण परियारले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरे । सहकारीका सदस्य हिरालाल विक, माधवा बस्नेत, बसन्ता भट्राई, शान्ता पाण्डे महेश रसाईली, लगायतले आ आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । ग्रामिण उत्थान कृषि सहकारी संस्थाका अध्यक्ष दामोदर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सदस्य कमल विश्वकर्माले गरेका थिए ।
