दिल्ली, ४ मंसिर । भारतले प्रतिबन्धित गरेका भारु पाँच सय र एक हजार दरका नोट साट्ने गिरोह अहिले नेपाली सीमामा सक्रिय भएका छन् । पुलिसका अनुसार भारत-नेपाल सीमामा नोट साट्ने गिरोह नै लागेको हो ।

c1b045c12d57f47bdfbe6b63da7dfaeaभारत-नेपाल सीमामा पाँच सय र एक हजारका पुराना नोट खपत गराउनका लाग एक ठूलो गिरोहले खुलेआमा काम गरिरहेको हो । यसका लागि एजेन्टलाई पनि काममा लगाइएको छ।

सञ्चारमाध्यमका अनुसार भारत(नेपाल सीमामा रहेका बैंकहरुमा नोट जम्मा गर्ने क्रम बढिरहेको छ। सीमानाकास्थित बैंकमा जम्मा गराइएका नोट त्यहीँबाट साट्ने काम भइरहेको छ ।

यस काममा लागेका एजेन्टहरुले आफ्ना नातागोताको खातामा तथा उनीहरुका अन्य परिचय भएका मानिसहरुमार्फत प्रतिबन्धमा परेका नोटलाई नयाँ नोटमा परिवर्तन गरिरहेका हुन् । एक आँकडा अनुसार पछिल्ला आठ दिनमा मात्रै नेपाल(भारत सीमामा रहेका बैंकहरुबाट करि साढे ३ हजार करोड भन्दा धेरै पुराना नोट जम्मा भइसकेका छन् ।

अहिले सीमानाका बैंकहरुमा दैनिक औसत ४३० करोड रुपैयाँका पुराना नोट साटिसकिएको छ। यो धन्दा अहिले सबैभन्दा बढी नेपालका पर्सा, बारा, रौतहट र सर्लाहीसहितका जिल्लाबाट नजिक पर्ने भारतको बिहारस्थित सीतामढीमा सबैभन्दा धेरै चलेको छ ।