भैरहवा, ४ मंसिर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मधेसमै गएर ५ नम्बर प्रदेशको सीमाकंनमा हेरफेर नहुने बताएका छन् ।
आज रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पत्रकार भेटघाटमा अध्यक्ष ओलीले पाँच नम्बर प्रदेशको सीमाकंनमा हेरफेर नुहने बताए । पाँच नम्बर प्रदेश छुट्याउनुपर्ने कुनै पनि माग जनताले नराखेको उनको भनाइ छ ।
संविधानको दोस्रो संशोधनमा पाच नम्बर प्रदेशबाट पहाडी जिल्लाहरु ह्टाउन लागिएको भन्दै एमाले नेताहरुले त्यसको विरोध गर्दै आएका छन् ।
उनले अंगिकृत नागरिकतावालाई संवैधानिक अंगको प्रमुख बनाउने कुरा पनि कसैलाई स्वीकार्य नहुने बताए ।