विराटनगर, ४ मंसिर । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले दलहरूबीच अधिकतम सहमति खोजेर यसै साता संविधान संशोधन प्रस्ताव दर्ता गर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सहमतिमै संविधान संशोधन हुने दाबी गरे । “दलहरूबीच सहमति बनाउन मङ्सिर ६ गते अपरान्ह प्रत्येक दलबाट ३–३ जना रहने गरी वार्तामा बस्ने सहमति भएको छ,” उनले भने, “त्यही छलफलपछि संशोधनको अन्तिम खाका तयार हुन्छ ।”
नेता पुनले नागरिकता, भाषा, राष्ट्रियसभामा हुने प्रतिनिधित्वको विषयमा करिब सहमित भइसकेको बताए ।