चितवन, ४ मंसिर । ऊर्जामन्त्री जनार्दन शर्माले जिल्लालाई पनि अब छिटै लोडसेडिङमुक्त बनाउने बताएका छन् ।

janardan-shrmaआज प्रेस सेन्टर नेपाल चितवनले आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री शर्माले त्यसका लागि अध्ययन भइरहेको बताए । उनले छिट्टै जिल्लालाई पनि क्रमशः लोडसेडिङमुक्त बनाउँदै जाने बताए ।

चुहावट नियन्त्रणका लागि व्यवस्थापनको समस्या रहेको भन्दै त्यसलाई पनि सुधार गर्दै आफू अगाडि बढेको उनले उल्लेख गरे । उनले अधिक माग हुने समयमा उद्योगलाई दुई घन्टा लोडसेडिङ गर्दा आमजनतालाई विद्युत् दिन सकिने अवस्था रहेको बताउँदै मन्त्री शर्माले त्यसका लागि गृहकार्य थालिएको बताए । “विद्युत् अभाव भन्दा पनि उपलब्ध विद्युत्को व्यवस्थापन नहुँदा लामो समय लोडसेडिङ खेप्नुपरेको छ” उनले भने ।