accident

दाङ ४ कात्तिक ।  कपिलवस्तुमा आज विहान सवारी दुर्घटना हुँदा दुई जनाको मृत्युभएको छ । दुर्घटनामा परी ५ जना घाइते भएका छन । घाइते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको छ । दाङबाट बुटवल तर्फ जांदै गरेको ना ४ ख ७८९६ नम्बरको बस विपरित दिशाबाट आइरहेको म १ च ३९६ नम्बरको एम्बुलेन्ससंग आज विहान ३ बजेतिर वाणंगगा १० बुङ्चीमा ठोक्किएको थियो ।

दुर्घटनामा परी कञ्चनपुर २२ बस्ने ५५ वर्षिय सुब्बा राना र सोहि ठाउँका ६० वर्षिया मदिया रानाको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

यस्तै घाइतेहरुको लुम्बिनी अञ्चल अस्पतालमा प्रारम्भिक उपचारपछि मेडिकल कलेज भैरहवामा रिफर गरिएको प्रहरी जवान देव गुरुङ जानकारी दिनुभयो । सडकमा विग्रिएर रोकिराखेको गाडीलाई वास्ता नगरि बसले ओभरट्याक गर्दा सो दुर्घटना भएको हुन सक्ने र घटनाबारे थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक विष्णु पोख्रेलले बताउनुभयो ।