काठमाडौँ, ४ मंसिर। नेपाल बाघ संरक्षणमा विश्वकै उत्कृष्ट भएको छ । सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने महत्वकाङ्क्षी अभियान सुरु गरेको नेपालले आजदेखि बाघ पाइने क्षेत्रमा विशेष अनुगमन पनि सुरु गरेको छ ।

siberian_tiger_1सन् २००९ मा रुसमा भएको विश्वका राष्ट्रप्रमुखहरूको महासम्मेलनमा सहभागी राष्ट्रहरूले सन् २०२२ सम्ममा आफ्ना देशमा भएको सङ्ख्याको दोब्बर वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

हालसम्मका बाघको सङ्ख्या हेर्दा तोकिएको अवधिसम्ममा बाघको सङ्ख्या दोब्बर पु¥याउनसक्ने विश्वकै एकमात्र राष्ट्र नेपाल हुने सङ्केत देखा परेका छन् ।
विश्वका १३ वटा देशमा मात्र बाघ संरक्षण भइरहेका छन् । दक्षिण एसियाका नेपाल, भारत, भुटान, बङ्गलादेश, चीनमा बाघको सङ्ख्या तुलनात्मक रूपमा बढी पाइने गरेका छन् ।

इन्डोनेसिया, लाओस, रुस, भियतनाम, मलेसिया, थाइल्यान्ड, म्यानमार र कम्बोडियामा न्यून सङ्ख्यामा बाघ बाँचेको भेटिन्छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट लक्ष्मण पौडेलका अनुसार बाघ पाइने क्षेत्रमा गरिन थालिएको विशेष अनुगमन कार्यको सुरुआत बर्दिया राष्ट्रिय निकुञ्जबाट भएको छ ।

यसको पूर्वसन्ध्यामा बर्दिया राष्ट्रिय निकुञ्जमा विशेष अनुगमनमा खट्ने प्राविधिकलाई विशेष प्रशिक्षणको आयोजना पनि सम्पन्न गरिएको छ ।