इन्द्रेणी संवाददाता
दाङ, ४ मंसिर । अवको तीन वर्षमा त्रिपुर नगरपालिका सबै क्षेत्रमा सडकको पहुँच पु¥याउने नगरपालिकाले जनाएको छ । नगरपालिकाको ८० प्रतिशत क्षेत्रमा सडक निर्माण भएसकेका र बाँकी २० प्रतिशतमा तीन वर्षभित्र पु¥याउने लक्ष्य रहेको त्रिपुर नगरपालिकाका कार्यकारी अधिकृत कमानसिंह थापाले बताए ।

tripur-nagarpalika-dangशुक्रवार कार्यकक्षमा पत्रकार सम्मेलनको आयोजना गर्दै यसै अनुसार नगरपालिकाले योजना अघि वढाइरहेको जानकारी दिए । आफ्नो कार्यकालको एक वर्षमा भएका गतिविधिबारे जानकारी दिदै कार्यकारी अधिकृत थापाले चालु आर्थिक वर्षमा नगरपालिका क्षेत्रभित्र ५० लाखभन्दा माथिका पाँच वटा स्थानीय तहका गौरवका योजना सञ्चालन हुने बताए । एक वर्षको अवधिमा नगरपालिकाले नियमित प्रशासनिक काम लगायत विभिन्न नीतिगत कार्यमा ९५ प्रतिशत सफलता हाँसिल गरेको उनले दावी गरे ।

आर्थिक वर्ष २०७२÷७३ मा नगरपालिकाले ३९ लाखको लागतमा एक किलोमिटर सडक कालोपत्रे गरेको छ । झारबैरादेखि डोक्रेनासम्मको एक किलोमिटर सडक कालोपत्रे गरेको थापाले जानकारी दिए । उनले एक वर्षको अवधिमा नगरपालिकले भ्रष्टाचार क्षेत्रमा शून्य सहनसिलता कायम गर्न सफल भएको बताए ।

नगरपालिका एक वर्षको अवधिमा सोचेभन्दा धेरै उपलव्धी हाँसिल गरे पनि अझ धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै कार्यकारी अधिकृत थापाले चालु आवमा विभिन्न नीतिगत योजना अघि सारेको बताए । चालु आवमा नगरपालिकाले एक वडा एक कृत्रिम जलाशय, एक वडा एक सामुािदयक भवन, एकीकृत सम्पत्ती कर संकलन, विजौरी डाँडालाई पर्यटकिय क्षेत्र बनाउने, स्वस्थ्य घुम्त्ी सेवालगायतका जनक्षय कार्यक्रम सञ्चालन गरिरहेको नगरपालिकाले बताएको छ ।

दलिय विवादका कारण नगरपालिकाको भवन निर्माणको काम अघि वढ्न नसकेको प्रति कार्यकायरी अधिकृत थापाले चिन्ता व्यक्त गरे । गत वर्षमै नगरपालिकाले एक कट्ठा ११ घर जग्गा आफ्नो नाममा बनाउन सफल भएपनि भवन निर्माणको काम अघि वढ्न नसकेको उनले बताए ।