घोराही ४ मंसिर । दाङका वेला र राजपुरका नाकावासीहरुले विकास माग्दै विकास अड्डा र जिल्लाका राजनितिक दलहरुका पार्टी कार्यालयहरुमा पुगेका छन् । भारतको सिमाना संग जोडिएका राप्ती पारीका यि गाविसका सर्वसाधरणहरु नागरिक शुक्रवार संयुक्त रुपमा जिल्ला विकास कार्यालय देखि राजनीतिक दलका पार्टी कार्यायमा धायर धायर त्यस्तो माग गरेका हुन ।
उनीहरुले राप्ती पारीका वेला र राजपुर संगै देउखुरीका अन्य गाँउ विकास समितिहरुलाई पनि जोड्नुपर्ने माग गरेका थिए । स्वास्थ्य , शिक्षा ,सडक , खानेपानी र विद्युत लगाएतका सवै क्षेत्रको विकास नुहँदा नाका क्षेत्र पछाडि पारिएकाले उक्त क्षेत्रको विकास विस्तारका लागि सम्वन्धित कार्यालय र पार्टी प्रतिनिधिहरुलाई उनीहरुले ध्यानाकर्षण गराएका हुन ।
स्थानीय राजनीतिक दलको कार्यालय र जिल्लाका विकासे अड्डाहरुमा ध्यानाकर्षण पत्र बुझाएपछि उनीहरुले घोराहीमा पत्रकार सम्मेलन गरेका थिए । पत्रकार सम्मेलनमा उनीहरुले कोईलावास– भौवा नाका सडक विस्तार , जहरे खङग्रा नाका राजपुर सडक ,सोमई धान मन्दिर पुर्वाधार विकास , राम जानकी मन्दिर पुर्वाधार र वेला माररी खोला सर्काेली नाका सडक विस्तार लगाएतका काम तत्काल गर्नका लागि ध्यान दिन आग्रह गरेका थिए । वेला राजपुर अन्तर निकाय समन्वय समितिका अध्यक्ष शरद कुमार बुढाथोकीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा अध्यक्ष वुढाथोकीले वेला र राजपुरलाई जिल्ला स्थित विकास कार्यालयहरुले समेत अधिकार वाट वञ्चित गरेको गुनासो गरेका थिए ।
भारतसंग २२ स्थानमा वेला र राजपुरको नाका जोडिएकाले नुन देखि सुन सम्म गाँस देखि कपास सम्म सवै थोक भारतकै भरमा टार्नुपर्ने वाध्यता नाकावासीले झेल्नु परेको उनले वताए । दुई गाँउ विकास समितिमा अहिले सम्म एउटा पनि स्वास्थ्य चौकी र प्रहरी चौकीको व्यावस्था नहुदा असुुरक्षित जीवन विताई रहेकोे अथार्थ उनले पत्रकार सम्मेलनमा प्रस्तुत गरेका थिए । सिमा क्षेत्रमा भारतीय क्षेत्रको दादागिरी र अमानविय व्यावहार समेत झेल्नु पर्ने वाध्यता रहेकोले पहिला देशको विकास आवश्यक रहेको उनले बताए । त्यस्तै वेला नाकाका भिम ओलीले श्वास्थ्य चौकी नहुँदा सामान्य विरामीका विरामी देखि डेलिभरी केसमा समेत भारत लैजानुपर्ने अप्ठेरो अवस्था रहेको बताएका थिए ।
उनले भने ‘ राशन उतैको अनि पानी पनि उतैको र त्यो पनि एसएसबीको ज्याजती , हामी नेपाली हौं की है नौं ?’ उनले प्रश्न गर्दा मौनता छाएको थियो । भारतीय सुरक्षा बलले ज्याजती गर्दा समेत नाकाबासीले सुरक्षाका लागि आश्रय लिन ठाँउ नै नपाउने गरेको वलीले बताए । ‘न्याय मागौ स्थानीय प्रशासन मौन छ । हामी कहाँ अस्थायी प्रहरी चौकी समेत छैन । कसरी नाकावासीले चित्त वुझाउने ?’ पत्रकारहरु संगै नाकावासीले पिडा पोख्दै नाकावासीका पक्षमा समेत कमल चलाउन आग्रह गरेका थिए ।
वेला र राजपुर गाँउ विकास समितिका सचिव मक्सिन पछाईले स्थानीय निकायहरुले नै पछाडी पारिरहेका गाँउ विकास समितिको अधिकार छिन्ने काम गरिरहेको बताएका थिए । उनले भने ‘सरकारले वर्षेनी अरवौ रुपैया विकास लागि छ्ुट्याउँदा समेत नाकामा जम्मा ५÷६ लाख मात्रै पुगेपछि कसरी समस्या समाधान हुन्छ ।’ भन्ने प्रश्न गरेका थिए । उनले स्थानीय निकाएले सवै क्षेत्रको उचित विकासका लागि समान अधिकार र दायित्व निभाउनु बताएका थिए । उनले भने‘सवै थोक पारी पट्टी भरपर्नुपर्ने हो भने हामीबाट राजस्व असुली मात्रै नगरियोस ।’ उनले सबै क्षेत्रको समानुपातिक विकासमा ध्यान दिन आग्रह गरेका थिए ।
