malesiya2दाङ ३ मंसिर ।  वैदेशिक रोजगारीको लागि मलेसिया गएका वेला मृत्युभएका तुलसीपुर १० कात्तिकेका ३३वर्षिय लोकराज केसीको विहिवार विहान विस्मुरेको घाटमा अन्तिम दाहसंसकार गरिएको छ । मलेसियाको कोलालम्पुर शहरमा आफनै डेरामा गत शनिवार  मृत्युभएका केसीको विहिवार परिवार र छिमेकीले हिन्दु परम्पराअनुसार अन्तिम दाहसंसकार गरिएको हो  ।

नेकपा माओवादी विप्लव समुहले मृतक केसिको संझनामा  विसमुरेको त्रिवेणी घाटमा श्रद्धाञ्जलि सभाको आयोजना गरेको छ ।

श्रद्धाञ्जलि सभामा मृतकको शवमा पाटिको झण्ढाओढाएर सम्मान गरिएको थियो । नेकपा माओवादी विप्लव समुहका वडासंयोजक अम्मर केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादीका विप्लव समुहका प्रदिप वली ,तिलक योगी वालाराम गौतम झरेन्द्र खरेल लगाएतले मृतआत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गरेका थिए । कार्यक्रमको सहजीकरण नेकपा माओवादी विप्लव समुहका वडासचिव वालकृष्ण केसीले गरेका थिए ।