Kisanतुलसीपुर ३ मंसिर ।  नेपाली काँग्रेसको भातृसंगठन नेपाल किसान संघको नगरस्तरिय भेला तुलसीपुरमा भएको छ । बिहिबार भएको भेलाले मोह लाल पाण्डेको संयोजकत्वमा २१ सदस्यीय नेपाल किसान संघको नगर कार्य समिति चयन गरेको छ ।
जसको सचिवमा सुरेन्द्र प्रकाश हमाल, कोषाध्यक्षमा यम प्रशाद खराल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा मुकुन्द सापकोटा ,कस्तुरा खडका, शोभाराम भण्डारी ,निमाराम पराजुलि, गोपाल सुनार, चुडामणि घर्ती , राधा भण्डारी , कृष्ण वहादुर डाँगी ,कुलवहादुर खत्री, तेजवहादुर चौधरी, एक्कु प्रशाद रेग्मी, वुद्धि राज चापागाई,नारायण भट्टराई ,भुपवहादुर वली ,जनकलाल चौधरी, रामवहादुर वली , टंक वहादुर वस्नेत चयन भएका छन् ।

नेपाल किसान संघ तुलसीपुर नगर सभापति मोहन लाल पाण्डेको अध्यक्षता एवं नेपाली काँग्रेस क्षेत्रनं ४ का सभापति जगत वहादुर खडकाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काँग्रेस क्षेत्रन ५ का कार्यवहाक सभापति घनश्याम ढकाल ,नेपाल किसान संघका जिल्ला सभापति गोवर्धन आचार्य, नेपाली काँग्रेस तुलसीपुर नगर कार्यवाहक सभापति भिमप्रशाद भण्डारी, पुर्व नगर सभापति शंकर प्रशाद पौडेललगायतले नेपाल किसान संघ पार्टीको नीति निर्देशनको अलवा किसानको हकहित र अधिकारका लागि संघलाई चलाएमान वनाउन आग्रह गरेका थिए ।

पछिल्लो समय राज्य देखि सवै क्षेत्रवाट उपेक्षमा परेको कृषि व्यवसायलाई परम्परा वादी सोंचवाट व्यवसायीकता तर्फ उन्मुख गर्नुपर्ने बक्ताहरुको भनाई थियो ।

अहिले नेपालमा आयत हुने कृषि उपज कसरी नेपालमै उत्पादन गर्न भन्ने तर्फ ध्यान दिनुपर्ने उनीहरुको भनाई थियो ।

रोजगारीको खोजी गर्दै बिदेश जाने युवाहरुलाई नेपालमै कृषि व्यवसायमा आकर्षण गर्नु अहिलेको आवश्यकता रहेको बक्ताहरुले बताए ।

नेपालमा कृषिकालागि प्रशस्त संभावना भएपनि राज्यको नीति प्रष्ट नहुँदा कृषिमा युवाहरुको आकर्षण घट्दै गएको भन्दै अव नेपाल किसान संघले युवाहरुलाई कृषिमा आकर्षण गर्ने कार्यक्रम ल्याउन पहल थाल्नु पर्ने बक्ताहरुले बताएका थिए ।

कृषि प्रधान देशमा ६० प्रतिशत भन्दा वढि बाहिरबाट आयात गर्नु नेपालका लागि लाजमर्दो भएको भन्दै अव आयात नभई निर्यात गर्न तर्फ लाग्नु पर्ने उनीहरुको भनाई थियो ।

कृषि उपज आयतमा नेपालवाट वर्षेनी वाहिरीने अरबौ रुपैया रोक्न सरकारले किसानहरुलाई सहज ढंगवाट सहुलियत व्याजमा ऋण सहयोग गर्नुपर्ने वताएका थिए ।
बक्ताहरुले हाल नेपालका विकास वैंकहरुले कृषिमा भन्दा हायर पर्चेजमा वढि लगानि गरेको भन्दै अव सवै किसानहरुलाई सहज तरिकाले सहुलियत व्याजमा लगानी गर्नुपर्ने नियम बनाउनुपर्ने बताएका थिए ।

उनिहरुले किसानले उत्पादन गरेको कृषि उपजको वजारिकरणमा पनि सरकारले सहयोग गर्नुपर्ने धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण सचिव शुरेन्द्र प्रकाश हमालले गरेका थिए ।