tripur-nagarpalikaबामदेव देवकोटा / त्रिपुर ३ कात्तिक ।  त्रिपुर नगरपालिकाको स्थापन दिवस भव्यताका साथ मनाईने भएको छ । बिहिबार नारायणपुरमा एक कार्यक्रमको आयोजना गरी यहि मंसिर १६ गते परेको स्थापन दिवस भव्यताका साथ मनाईने जानकारी गराईएको थियो ।

दिबसको अबशरमा आयोजना गरिने कार्यक्रमलाई ब्यबस्थित गराउन नगरपालिकाका कार्यकारी अधिकृत कमान सिंह थापा मगरको संयोजकत्वमा मुल समारोह समिति गठन गरिएको छ । जसको सदस्यमा त्रिपुर नगरपालिकामा रहेका सम्पुर्ण राजनीतिक दलका बोर्ड प्रतिनिधि,बिषयगत निकाय,गैरसरकारि संघसंस्था,बिद्यालय,वडा नागरिक मञ्चका संयोजक,सहकारी संस्था,आमा समुह,त्रिपुर नगर स्तरिय महिला सञ्जाल,युवा तथा बाल संजाल,दलित संजाल,आदिबासी जनजाति महासंघ रहेको छन् ।

त्यस्तै ारायणपुर उद्योग बाणिज्य संघ, खानेपानि, लाइन्स क्लब, लाईन्स क्लब अफ भ्याली, पत्रकार महासंघ, ईक्वयलएक्सेस नेपाल,बेस नेपाल,सामुदायीक बन,मतवा महासंघ,जेष्ट नमगरिक, लगयत त्रिपुरमा क्रियाशिल संपुर्ण संघसस्था मुल समारोहको सदस्यमा रहेका छन् ।

कार्यकारि अधिकृत थापाको अध्यक्षतामा भएको मुलसमिति गठन कार्यक्रमा नगरपालीकाको स्थापना दिबसमा बिभिन्न रचनात्मक कार्यक्रम गरिने नगरपालिकाका कार्यक्रम अधिकृत बिपना बर्तौलाले जानकारी दिईन् । दिबसको अबसरमा नगरपालिका भित्रका बिभिन्न ब्यक्तिलाई सम्मान गर्ने,बिभिन्न खेलकुद प्रतियोगीता संचालन गर्ने,बिभिन्न संस्कृति झल्कने झाँकि,नृत्य प्रस्तुत गरिने छ भने बिभिन्न संस्कृतिक कार्यक्रमको आयोजना पनि गरिने कार्यक्रम अधिकृत बर्तौलाले जानकारी दिए ।

साबिक नारायणपुर,हापुर र ढिकपुर गाबिसलाई गाभेर नेपाल सरकारले २०७१ मङसीर १६ गते त्रिपुर नगरपालिका घोषणा गरेको थियो । नगरपालिका घोषणासंगै यस क्षेत्रका नागरिकले नगरपालिकाबाट प्रबाह हुने सेवा लिरहेका छन् । यहाँका बासिन्दाको अथक प्रयास पछि गाबिसबाट नगरपालीमा परिणत भएको त्रिपुर समथर देखि पहाड सम्मको भुभागलाइ समेटेर बनेको छ ।

यसले गर्दा पनि त्रिपुर भिन्न संभाबना बोकेको स्थान भएको नगरबासीहरु ब्ताउछन् ।
दाङको बिच भागमा रहेको त्रिपुर नगरपालिकालाई स्थानियतह पुनर्संरचनामा घोराहि उपमहानगरपालिकामा गाझ्ने प्राबिधिक समितिको प्रस्ताबले भने त्रिपुर नगरबासी दुखि भएका छन् । स्थानिय तह प्राबिधिक समितिको उक्त प्रस्ताबले त्रिपुरको अस्तित्व मेटिने भन्दै उनीहरुले बिरोध जनाएका छन् ।