दिपक बोहरा / तुलसीपुर ३ मंसिर । दुनियामा मानिसहरुले अरु भन्दा फरक देखिन तथा किर्तिमान राख्नका लागि अनेकथरि काम गर्छन् । अहिले गिनिजबुकमा नाम लेखाउनका लागि मानिसले केही न केही नयाँ काम गर्नुपर्ने हुन्छ ; अरुको भन्दा बेग्लै गर्नुपर्ने हुन्छ ।
गिनिज बुकमा नाम लेखाउन सफलताको खोजी गरिरहेका छन्, दाङ तुलसीपुरका ऋषि परियार । उनी गिनिज बुकमा नाम लेखाउन भन्दै हातले हिड्न् थालेका छन् । पछिल्लो समय सडक सञ्जालको बिकास भएसंगै मानिश एक मिनेट पनि हिड्न चहादैनन्, साधन बिना आवात जावत गर्दैनन् । तर तुलसीपुरका ऋषि परियार भने आफ्नो दैनिक कामकाज गर्न जाँदा पनि हातले हिडेर जाने गर्छन् । उनी उकालोमा पनि हातले हिड्न सक्छन भने ओरालोमा पनि हातले हिडन् सक्छन् ।
सिधा सडकमा उनी दुई किलोमिटर हातले हिडेर पार गर्न सक्छन् । उनको कलालाई पर्दशन गर्न बुधबार समदर्शी जनकल्यान युवा क्लबले कार्यक्रमको आयोजना ग¥यो । उक्त कार्यक्रममा उनले दुई किलोमिटर सडक हातले हिडेर पार गरेका थिए । तुलसीपुरको लाहुर चौरबाट हातले हिड्ने यात्रा शुरु गरेका परियारको यात्र गोटीखोलामा आएर टुंगिएको थियो ।
लाहुर चौरबाट गोटिखोला सम्मको दुरी दुई किलोमिटर छ । परियारको एउटा धोको छ हातले हिडेर बिश्व कृर्तिमानी कायम गर्ने । उनी भन्छन् ‘ म हातल हिडेर बिश्व कृतिमानी कायम गर्न चहान्छु, आफ्नो जन्म भुमी र देशलाई बिश्वसामु चिनाउन चहान्छु । ’ जसका लागि उनलाई नेपाल सरकार तथा बिभिन्न संघसंस्थाको साथ आबश्यक भएको उनी बताउँछन् । उनी भन्छन् ‘ मलाई नेपाल सरकार लगायत , सबै संघसंस्था तथा सञ्चारमाध्यामले साथ दिने हो भने मैले बिश्वकृतिमानी कायम गर्न सफल हुने थिए । ’ ‘ मेला महोत्सब लगायत बिभिन्न कार्यक्रममा आफ्नो सिप देखाउन सहयोग गरिदिए आफुलाई कृतिमानी कायम गर्न थप सहयोग हुने थियो ’ उनले थपे ।
उनलाई कसरी भुत चढ्यो हातले हिडन्
तुलसीपुर १ राणागाउँ घर भएका उनी सानै देखी खेल क्षेत्रमा रुची राख्ने गर्थे । उनी सानै देखी जिम्यास्टिक,उफ्रने, दौडने , खेल खेल्न बढि रुचाउथे ।
९/१० बर्ष अगाडि उनको मनमा मानिश खुट्टाले त हिड्छन्, तर हातले हिडे कस्तो हुन्छ होला ? यो प्रश्न खेल्न थाल्यो । उनले मनमा उक्त प्रश्न खेलाई रहन मानेनन् । अनी आफै उनी हातले हिड्ने प्रयाक्टिस गर्न थाले ।
प्रयाक्टिस गर्दै जाँदा उनी बिस्तारै हातले उभिन सिके । अनी केही समयको प्रयासपछि बिस्तारै बिस्तारै हिड्न शुरु गरे । यसरी प्रयास गर्दै जाँदा अहिले उनी हातले हिड्न थालेको दश बर्ष पुग्यो ।
दश बर्षको लामो संघर्ष र प्रयास पछि उनी अहिले उकालो , आरालो समेत हिड्न सक्ने भए । यहि सिपलाई लिएर उनी बिश्व कृतिमानी कायम गरी आफ्नो जन्मभुमी र देशलाई चिनाउने दौडमा छन् ।
