बर्दिया २ मसीर । स्वास्थ्य सस्थामा महिलाको पहुच पुर्याउनको लागी स्वास्थ्य चौकीहरु महिला मैत्री हुनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन ।
क्रियाशिल महिला पत्रकार धधव जिल्ला शाखा बर्दियाको आयोजनामा स्वास्थ्यमा महिलाको पहुच विषयक अन्तरक्रिया कार्यक्रम बर्दियाको सानो श्री ताराताल नगरपालिकाको स्वास्थ्य चौकीमा भएको कार्यक्रमका सहभागीहरुले सो कुरामा जोड दिएका हुन ।
कार्यक्रमा वोल्दै स्वास्थ्य चौकिका इन्र्चाज हरीहर सापकोटाले स्वास्थ्य चौकीको अवस्था दैनिक जसो प्रदान गरिने सेवा सुविधाको विषयमा जानकारी गराउनु भएको थियो ।
स्वास्थ्य चौकी बाट अहिले ३५ किसीमका औषधीहरु नीसुल्क प्रदान गर्दै आइरेको बताउदै इन्चार्ज सापकोटाले नगर क्षेत्रमा रहेका महिला स्वयम सेविकालइ प्रोत्साहन गर्नका लागी विभिन्न किसीमका कार्यक्रमहरु पनि नगरपालिका सग समन्वय गरि कार्य गर्दै आइरहेको समेत बताउनु भयो ।
गएको आर्थिक वर्षमा सो स्वास्थ्य चौकी बाट १४ हजार भन्दा वढि नागरिकले सेवा लिएको जानकारी गराउदै त्यसमा पनि महिलाको सख्या वढि रहेको समेत उहाले बताउनु भयो । स्वास्थ्य चौकी व्यवस्थापन समितिका सलाहाकार समिति सदस्य ओम बहादुर नेपालीले स्वास्थ्य चौकीमा महिलको नेत्रृत्व र महिला सहभागीताका लागी आफुहरुले पहल गरिरहेको बताउनु भयो ।
कार्यक्रममा सहभागी महिला स्वयम सेविकाहरुले स्वास्थ्य चौकी इन्चार्ज बाट आफुहरुलाइ सहयोग भैरहेको बताउदै स्वास्थ्य चौकी व्यवस्थापन समितिको अध्यक्ष महिला भएमा अझै काम गर्न सहज हुने बताएका थिए ।
कार्यक्रममा सामुदायिक बन उपभोत्ता महासघ जिल्ला शाखा बर्दियाका उपाध्यक्ष राधिका बोहराले पुरुष प्रधान सोच भएकै कारण महिला नेत्रृत्वमा केहि पछाडि परेको बताउनु भयो । साथै उहाले अवसर पाए महिलाले नेत्रृत्व लिन सक्षम भएको समेत बताउनु भयो ।
साथै उहाले स्वास्थ्य चौकी बाट सेवा लिने महिलाको सख्या वढि भएपनि सेवा कुन प्रकारको कसरी प्रभाव भैरहेको छ भन्ने विषयमा पनि ध्यान दिन आग्रह गर्नु भयो । क्रियाशिल पत्रकार महिला जिल्ला शाखा बर्दियाका अध्यक्ष कुशुम विकको सभापतित्वमा भएको कार्यक्रमको सयोजन पर्यटन पत्रकार नेपाल जिल्ला शाखा बर्दियाले गरेको थियो ।