कुसुम बि क / बर्दिया २ मंसिर । माइती नेपाल बर्दियाले मानबबेचबिखन लाइ रोकथाम न्युनिकरण गनुका साथै बिद्यालय स्तरका कार्यक्रम हरु संचालन गर्दै आएको माइती नेपाल बर्दिया शाखाले बताएको छ ।
बांके र बर्दिया जिल्ला सिमा नाका संग जोडिएको हुनाले नेपाल र भारतको सिमा क्षेत्र र अन्य ठाउबाट उद्धार र राहत काम गर्नुका साथै फर्केर आउनु भएका लाइ कानुनी सेवा ,परार्मश,मनोसामाजिक परार्मश दिने र जोखिम पुर्ण अबस्थामा रहेका लाइ सिप मुलक तालिम दिने तयारीमा रहेको र केहि समय भित्रै तालिम हरु संचालन गर्ने बताइएको छ ।
बिद्यालय भन्दा बाहिर रहेका १८ बर्ष भन्दा कम उमेर समुहका लाई बिद्यालय कोष सग मिल्दो किसिमको छहारी कक्षाहरु संचालन गरिएको माइती नेपालका क्षेत्रिय संयोजक केशव कोइराला ले बताउनु भएको छ ।
बिभिन्न जिल्लामा पुस्थापना गृहहरु संचालन गरि जोखिम पुर्ण अबस्था रहेका महिला दिदिबहिनी लाइ सिप मुलक तालिम दिने गरिएको माइती नेपाल परामर्श शाखा बर्दियाका प्रमुख गायत्री रिमालले बताउनु भएको छ ।
हिजाकोे दिनमा मानव बेचविखनको स्वरुप र अहिलेको अबस्थामा निकै फरक भएको बताइएको छ । बर्दिया नाका सिमा संग जोडिएको भएकाले नि यस चोरी नाकालाइ पनि दलालले प्रयोग गर्ने भएकाले बर्दियामा यसै बर्ष देखि शाखा स्थापना गरिएको बताइएको छ ।
जिल्लामा विभिन्न सघ संस्था सिमा प्रहरी लगाएत का संग समन्व्य गरी काम गर्ने माइती नेपालले काठमाडौ रहेको टेरिजा आवास बिद्यालय मा जोखिममा रहेका करिब ७ सय बालबालिका शिक्षा दिइरहेको कोइरालाले बताउनु भएको छ ।
उहाका उनुसार हरेका बर्षको मध्यपश्चिमका जिल्लाका घटनाको बिबेचना बिष्लेशणका आधारमा मानवबेचबिखनका घटना सबैभन्दा बढि बांके दोस्रो दाङ्ग तेस्रो बर्दिया चौथो सुर्खेत, सल्यान र रुकुम मौसमीका कामका रुपमा जाने हरुमा यस्तो घटना भएको पाइएको क्षेत्रिय संयोजक केशव कोइरालाले बताउनु भएको छ ।
यो एउटा राष्ट्यि मुद्धा ,सामाजिक मुद्धाको बिषय भएकाले पनि यसलाइ सम्पुण निकायले गहन तरिकाले सोच्नु पर्ने देखिन्छ । साथै हिजोको दिन गरिब अशिक्षित बेरोजार वर्ग मात्र यसको शिकार भएको देखिए नि कहिले शिक्षित बर्गमा नि यसको असर रहेको छ ।
यसर्थ यस्ता घटना हुन नदिन सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्ने माइती नेपाल बर्दिया शाखाले बताएको छ ।











