काठमाडौं, २ मंसिर । नक्कली माग पत्र र भिसा देखाएर करोडौं ठगेको अभियोगमा इलान इन्टरनेश्नल म्यानपावरका संचालक घनश्याम अर्याल पक्राउ परेका छन् । गुल्मी सिमिचौर ५ घर भई हाल नयाँ बानेश्वरमा म्यानपावर व्यवसाय गरिरहेका अर्याललाई प्रहरी अपराध महाशाखा टेकूले पक्राउ गरेको हो ।
बु्रनाईमा आकर्षक रोजगारीमा पठाइदिन्छु भन्दै दिपक प्रसाद न्यौपाने लगायत ३० जनाबाट झण्डै १ करोड ३० लाख रुपैयाँ लिएका थिए । तर पैसा लिएर सम्पर्क बिहिन भएपछि घनश्याम विरुद्ध महाशाखामा उजुरी परेको थियो ।
घनश्यामले पीडितसँग रकम उठाउनको लागि नक्कली डिमान्ड ९माग पत्र० र भिसा पेपर देखाएर ठगी गरेको खुलासा भएको प्रहरीले जनाएको छ । बुधबार अनामनगरबाट पक्राउ गरिएका घनश्यामलाई बिहिबार ठगी मुद्दामा कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौमा पठाइएको छ ।
अन्यलाई पनि ठगेको हुनसक्ने भएकाले थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।