15123469_1167318119984760_8871327321696730481_oगिरिराज नेपाली  / घोराही  २ मंसिर । अबको  निर्बाचनमा आफ्नो पार्टी तेस्रो हुने मधेसी जनअधिकार फोरमका अध्यक्ष बिजयकुमार गच्छदारले  दावी गरेका छन् । दाङको घोराहीमा भएको कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै उनले अबको तेस्रो पार्टी मधेसी जनअधिकार हुने दावी गरे । उनले भने ‘ मुलुकको तेस्रो  पार्टीका रुपमा मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक उभ्याएरै  छोड्छु । ’

‘जसरी नै मुलुकको तेस्रो पार्टीको हात पारेको माओवादी केन्द्रले राज्य संञ्चालन  गरेको छ  त्यसरी नै मैले मुलुकको राज्य सत्ता संञ्चालन गर्ने छु ’ उनले भने ‘ यस बिषयमा तयारी थाल्न आफ्ना कार्यकर्तालाई निर्देशन पनि दिएको छु । ’

जसरी प्रचण्डले सरकार चलाएका त्यसरी नै आफुले पनि नेपालको राज्य सत्ता संञ्चालन गर्ने गच्छदारले बताए । त्यसका लागि  कार्यकर्ताहरु गाँउ ,नगर ,केन्द्र , जिल्ला हुदै केन्द्र सम्म उपयुक्त गहृकार्यमा जुट्नु पर्ने उनको  भनाई छ ।

अवको  निर्वाचनमा एकलौटी जीत कुनै पार्टीको पनि नहुने उनले बताए । उनले भने ‘   वहुमत ल्याउने आँट कसैको पनि  छैन् । त्यसैले अव स्थानिय , प्रादेशिय र केन्द्रिय निर्वाचनको वहुमत फोरम लोकतान्त्रिकले नै ल्याउने छ । ’ संसदको प्रतिनिधित्व पनि आफ्नो पार्टीले नै गर्ने उनले बताए । गच्छदारले मुलुककोे सत्ता संञ्चालन हात पर्ने विश्वास व्यक्त गरेका छन् । उनले माओवादी केन्द्र  , काँग्रेस , एमाले बराबरको क्षमता आफ्नो पार्टीमा रहेकाले अबको जीत आफ्नै हातमा भएको दावी गरे । उनले  माओवादीको तँ प्रतिस्पर्धी भएको पनि बताएका छन् । उनले भने ‘ एमाले काँग्रेससंग प्रतिस्पर्धा हुन्छ । तर माओवादी संग एक युद्ध संघर्ष शुरु हुन्छ ।  ’
गच्छदारले  प्रचण्ड नेतृत्वको सरकारले जना भावनालाई कुल्चिएको आरोप लगाए । उनले  जनताले  पाएको अधिकार समेत अपनत्व गर्न  नपाएको बताए । संविधान कार्यन्वयन हुनै  वाँकी रहेको छ उनले भने ‘ कानुनी , स्थानिय निर्वाचन , सिमाङकन  सम्वन्धिमा  समस्या मौलाउदै छन ; तर त्यसको उत्तम विकल्प नै संविधान संसोधन हो ।  ’

संविधानमा देखिएका  विमतिका विषयलाई संविधान संसोधनका माध्यमवाट समाधान गरी संविधान कार्यन्वयन गर्ने हो भने सवै समस्या समाधान हुने उनले वताए । ‘नेपाली जनताले संविधान सभावाट जननिर्वाचित संविधान पाएको पायौ ’ उनले भने ‘  त्यसको कुनै उपलव्धि देखिएको छैन । ’ संबिधान संसोधनका लागि साझा सहमती र राष्ट्रिय एकताको आबश्यक रहेको उनको भनाई छ । उनले थारु ,जनाजाती , महिला , मुश्लिम , दलित , अपाङग , जेष्ठ नागरिक सवै वर्ग समुदायहरुको अपनत्व हुने गरी संविधान ससोधन गर्नुपर्ने भनाई राखेका छन् । साथै उनले थारु वहुल्य क्षेत्रलाई एक वनाएर लिनु पर्ने बताएका छन् । नेपालको  तराईका थारु वाहुल क्षेत्रलाई नटुक्राई एउटै प्रदेश भित्र समावेश गरी लैजानु पर्ने उनको भनाइ थियो ।

प्रदेश नंबर पाँचको राजधानी दाङमै हुन्छ
मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजय कुमार गच्छदारले प्रदेश न. ५ को राजधानी दाङमै वन्ने बताएका छन् । एशियाकै ठुलो उपत्यका दाङमा रहेकाले भौतिक संरचना , सडक ,राजनीतिक सक्रियता लगाएतका आधारमा प्रदेश नंबर पाँचको राजधानी दाङ बन्नु पर्ने उनले बताए । त्यस्का लागि आफ्नो पार्टीले पहल थाल्ने उनको भनाई छ ।

उच्च अदालत दाङमा भईसकेकाले राजधानीका लागि धेरै सम्भाबना भएको उनले बताए । केही राजनीतिक स्वार्थले दाङलाई केही हलचल पु¥याईरहेकाले त्यसका लागि दलहरुले साझा धारणा बनाउनु पर्ने उनको भनाई छ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक जिल्ला अध्यक्ष बिन्तीराम यादवको अध्यक्षता एंव मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजय कुमार गच्छदार प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण सचिव कुल वहादुर घर्तीले गरेका थिए ।