15045675_632723836915547_1601371575_nदिपक बोहरा , तुलसीपुर २ मंसिर ।  राप्ती अञ्चल अस्पताल तुलसीपुरले आफ्नो स्वामित्वमा रहेको जग्गा खाली गर्न निर्देशन दिएको छ । अस्पतालको नाममा रहेको जग्गा बिभिन्न ब्यक्तिहरुले अतिक्रमण गरी घर टहरा निमार्ण गरेको भन्दै तत्काल खाली गर्न ६० दिने सुचना जारी गरेको छ ।

अस्पतालले आफ्नो भवन निर्माण गर्नका लागि उक्त जग्गा खालि गर्न लागेको अस्पताल प्रशासनले जनाएको छ । अञ्चल अस्पतालको नाममा रहेको सात बिगाह जग्गा मध्य डेढ बिगाह दुई कठ्ठा जग्गा अतिक्रमण भएको अस्पतालका नायब सुब्बा नबेन्द्र गिरीले जानकारी दिए ।

अस्पतालका नासु गिरीका अनुसार अञ्चल अस्पतालको माथि तिरको डेढ बिगाह र तल तिरको दुई कठ्ठा जग्गा अतिक्रमण भएको छ । उक्त जग्गा खालि गर्न निर्देशन दिदै कात्तिक ७ गते सार्बजनीक सुचना जारी गरेको अस्पतालले जनाएको छ । अस्पतालका नासु गिरीका अनुसार जग्गा खालि गरिदिन माग गर्दै साउन १ गते ९० दिने सुचना जारी गरेको भएपनि कसैले जग्गा खालि नगरेपछि फेरी ७ गते पुनः ६० दिने सुचना जारी गरिएको हो । दोस्रो सुचना जारी गरेको ६० दिन पछि पनि जग्गा खालि नभए अस्पतालले आफैले जग्गा खालि गर्ने उनले बताए ।

उनले भने ‘ अस्पतालको नाममा रहेको अतिक्रमित जग्गा खालि नभएमा अस्पतालले जिल्ला प्रशासन , तुलसीपुर नगरपालिका, प्रहरीको सहयोगमा आफैले खाली गर्छौ ।’ जग्गा खालि गर्न आफुहरु प्रक्रियागत रुपमा अगाडि बढिरहेको उनको भनाई छ । उनले भने ‘ आफ्नो स्वामित्वमा रहेको जग्गा लिन पाउनु प¥यो , यस्का लागि हामी प्रक्रियागत रुपमा अगाडि बढिरहेका छौं । ’ अस्पतालको स्वामित्वमा रहेको जग्गामा अहिले २५÷३० वटा घर टहराहरु निर्माण भएको नासु गिरीले बताए ।

अस्पतालको उत्तर तिर साना साना घर टहराहरु निर्माण भएको भएपनि अस्पतालको दक्षिण पश्चिम तिरको जग्गामा भने ठुलो लगानीका घरहरु निर्माण भएका छन् । उनले भने ‘ अस्पतालको माथितिर साना सानो टहरा मात्रै निर्माण भएका छन् तर तलतिर भने ठुला ठुला तीन चार तले घरहरु निर्माण भएका छन् । ’ घर निर्माण गर्दा कस्को जग्गामा घर निर्माण हुँदैछ , त्यो एकिन गर्नुपर्ने थियो ।

कसरी भयो बस्ति बिकास ?
अहिले अञ्चल अस्पताल बसेको घरमा पहिले आन्तरिक राजस्व कार्यालय बसेको थियो । केही बर्ष सम्म आन्तरिक राजस्व कार्यालयले त्यहाँबाट सेवा दियो । त्यसपछि त्यहाँबाट राजस्व अन्तै स¥यो । राजस्व कार्यालय त्यहाँबाट सरेपछि उक्त घरमा तुलसीपुर नगरपालिका बसेको थियो । त्यति बेला बिस्तारै त्यहाँ बस्ति बस्न शुरु गरेको जानकारहरु बताउछन् ।

तुलसीपुर नगरपालिका त्यहाँ बस्दा सम्म उक्त जग्गा ईलाका प्रशासन कार्यालय तुलसीपुरको स्वामित्वमा थियो । आधा भन्दा बढि बस्ति त्यतिबेला बिस्तार भईसकेको जानकार रण बहादुर बस्नेतले बताए । त्यसपछि त्यहाँ राप्ती अञ्चल अस्पताल आयो । त्यसपछि ईलाका प्रशासन कार्यालय तुलसीपुरले अस्पताललाई उक्त जग्गा भोगचलन गर्न दिएको थियो । अहिले त्यही जग्गामा ठुला ठुला भवनहरु बनेका छन् । त्यहाँका बासिन्दाले सार्बजनीक जग्गा भएको थाहा नपाएको बस्ति बिस्तार गरेको बताएका छन् ।

स्थानिय चित्रा शर्माले भनीन‘ आफुहरुले उक्त जग्गा ऐलानी होला भन्ने थाहा पाएर घर निर्माण गरी बस्न थालेका हौ ; हामीलाई सार्बजनीक जग्गा भन्ने थाहा थिएन । ’, उनले थपिन् – अस्पतालले बस्ति हटाउन लागेको छ रे , हामीलाई यहाँबाट हटायो भने कहाँ गएर बस्ने ?’