खोटाङ, १ मंसिर । स्थानीयको प्रस्ताव विपरीत स्थानीय तहको खाका पठाइएको भन्दै खोटाङका लामीडाँडा, खार्पा, कुभिण्डे, हौंचुर, डुम्रेधारापानी र दुबेकोल गाविसमा अनिश्चितकालिन बन्द गरिएको छ ।

9a31aa533a9c538d84cecf4110158a39
लामीडाँडा, खार्पा, कुभिण्डे, हौंचुर, डुम्रेधारापानी र दुबेकोल गाविसलाई समेटेर रावा गाउँपालिका बनाउन माग गर्दै आएको सङ्घर्ष समितिले आफ्नो माग सम्बोधन नभएको भन्दै बुधवारदेखि अनिश्चितकालिन बन्द आव्हान गरेको हो ।

बन्दका कारण ६ वटै गाविसका सरकारी कार्यालय, विद्यालय, संघसंस्था, यातायात सेवा प्रभावित भएका छन् । आफ्नो मागलाई बेवास्ता गरेकाले कडा सङ्घर्षमा उत्रनु गरेको सङ्घर्ष समितिका संयोजक फटिककुमार श्रेष्ठले बताए । गत साउन २२ गते बसेको भेलाले कुभिण्डेको हरम्टार केन्द्र रहने रावा गाउँपालिका बनाउन सङ्घर्ष समिति बनाइएको थियो ।