दाङ, १ मंसिर । अहिले सवारी साधनमा देखिएको अस्वस्थ प्रतिस्पर्धा नै दुर्घटनाको मुख्य कारण बनेको यातायात व्यावसायीले बताएको छ । राप्ती अञ्चल सार्वजनिक वस व्यवसायी समितिले अबको मौसममा दुर्घटनाको लागी अत्यन्त चुनौतीपूर्ण भएको भन्दै सवारी दुर्घटनालाई न्यूनिकरण गर्न सबै सचेत हुन आग्रह गरेको छ ।
समितिले जारी विज्ञप्तिमा भनिएको छ–‘यो मौसम भनेको कुहिरोका कारण दूरदृष्टि –भिजिविलिटी) कम भएर दुर्घटना निम्तिना सक्छ, त्यसैले दुर्घटनालाई न्यूनिकरण गर्न सबै नागरिक, यातायात व्यवसायी मजदुर सचेत बनौं ।« कसले अगाडी गएर यात्रु टिप्ने प्रतिस्दर्धाका कारण वढी दुर्घटना हुने गरेको समितिको ठम्याइ छ ।
समितिले दुर्घटना न्य्रनिकरण श्रृखला ३ अभियान यस्तो आग्रह गरेको हो । व्यवसायी व्यवसायीबीचको अस्वस्थ प्रतिस्पर्धाले व्यवसाय धरापमा पर्नुका साथै दुर्घटना वढ्ने गरेको राप्ती अञ्चल सार्वजनिक व्यवसायि समिति कार्यालयका कार्यलय प्रमुख डा. लोकराज पराजुलीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
समिति राप्तीकै सबैभन्दा पूरानो र करीव ४ अर्ब १५ करोड लगानी भएको संस्था विभिन्न कारणले विस्तारै धरापमा पर्दै गएको बताइएको छ ।
दुर्घटना न्यूनिकरण गर्न समितिले २००० मोडलभन्दा पूराना गाडी हटाइसकेको पनि विज्ञप्तिमा जनाइएको छ । कार्यक्रम डा. लोकराज पराजुलीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदीप गौतमको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमको सहजीकरण जनक नेपालीले गरेका थिए ।
