काठमाडौं, ३० कार्तिक । नक्कली डक्टरको विगविगी वढिरहेको वेला फेरि एक जना नक्कली डक्टर प्रहरी फन्दामा परेका छन् । नौ कक्षा पास गरेका आफूलाई डाक्टर भन्दै ठग्ने ललितपुर पाटनका अनुप गोविन्द बैद्य प्रहरीको फन्दामा परेका हुन् ।

fake-doctorपाटन अस्पताल र नेपाल मेडिकल कलेज जोरपाटीमा आफू डाक्टर भएको, बेलायतको पिआर पाएको भन्दै बेलायत पठाइदिने भनेर ६ जनालाई ठग्ने बैद्यलार्इ ललितपुर प्रहरीले पक्राउ गरेको छ।

उनले बेलायतमा राम्रो जागिर लगाइदिने भन्दै ६ जनाबाट ८ लाख ९० हजार रुपैयाँ उठाएका थिए । बैद्यको साथबाट बेलायतको नक्कली पिआर, नक्कली एटिएम, पाटन अस्पताल र नेपाल मेडिकल कलेजको नक्कली कागजात, दुई वटा पासपोर्टमा लगाइएको नक्कली भिसा लगायतका सामाग्री पनि बरामद भएको प्रहरीले जनाएको छ ।

उनले कक्षा नौसम्म मात्र पढेको तर डाक्टर भनेर ठगी गरेको ललितपुर प्रहरी परिसरका एसएसपी पिताम्बर अधिकारीले बताए ।