काठमाडौं, ३० कार्तिक । व्यवस्थापिका–संसद् राज्य व्यवस्था समितिको आज हुने भनिएको बैठक स्थगन भएको छ ।सांसद भक्तिप्रसाद पाण्डेको सोमबार असामयिक निधन भएका कारण समितिको आजको बैठक स्थगन भएको संसद् सचिवालयका प्रवक्ता डा.भरतराज गौतमले जानकारी दिए ।
समितिको आजको बैठकमा मतदाता नामावलीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७३ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको थियो ।समितिको अर्को बैठक मङ्सिर २ गते बिहीबारका दिन दिनको २ बजे बस्नेछ ।
