काठमाडौं, २९ कार्तिक । स्वास्थ्य मन्त्रालयको राजधानीका अबैध पाँच स्वास्थ्य क्लिनीकमा सिलबन्दी गरेको छ । स्वास्थ्य मन्त्रालयको टोलीले काठमाडौँ र ललितपुरका ३४ ओटा क्लिनीक तथा फार्मेसीहरुमा अनुगमन पछि अबैध फेला परेका पाँच क्लिनीक सिलबन्दी गरेको हो ।

079c6b090bcfd110d66cc14745d54d18अनुगमनका क्रममा दर्ता प्रक्रिया पुरा नगरी सञ्चालनमा रहेका पाँच ओटा क्लिनीकमा सिलबन्दी गरेको हो । स्वास्थ्य मन्त्रालयल, स्वास्थ्य सेवा विभाग, जिल्ला जनस्वास्थ्य कार्यालय, प्रहरी, लगायतको टोलीले गरेको अनुगमनका क्रममा काठमाडौँका ४ र ललितपुरको १ ओटा क्लिनीकहरुमा सिलबन्दी गरिएको छ ।

स्वास्थ्य सेवा विभागका डा। हेमन्त ओझाको नेतृत्वमा रहेको काठमाडौँको टोलीले दर्ता नै नभएका जागरण क्लिनीक, एसआरडी डाइनोष्टीक, लोकसेवा डेण्टल क्लिनीक र अपी डेण्टल क्लिनीकमा तालाबन्दी गरिएको हो । विराज डेण्टलले वैधता सम्बन्धी कागजपत्र माग्दा केहीबेरमा ल्याउँछु भनेर भागेकाले भोलि फेरी माग्ने र नभएमा तालाबन्दी गरिने डा। ओझाले बताए ।