दाङ, २९ कार्तिक । उपकार बचत तथा ऋण सहकारी संस्था घोराहीको छैठौ साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षतामा सम्पन्न साधारणसभा सचिव हेमराज शर्माले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष पुष्पा बुढाथोकीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारीलाई नाफामुखी नभई सेवामुखी ढंगले अघी बढाउनु पर्नेमा जोड दिएका छन ।

साधारणसभाले संस्थाको शेयर पूजी बृद्धि गर्ने, संस्थापक शेयर रकम बृद्धि गर्ने, सहकारीको अवधारणाबारे जानकारी गराउन सहकारी शिक्षा कार्यक्रम सञ्चालन गर्ने लगायतका निर्णय गरेको छ ।

कार्यक्रममा गोपालकृष्ण पौडेल, बिनोद पाण्डे, काशीराज नेपाल, हिमराज गौतम, कृष्णप्रसाद भुसाल, कालिका अधिकारी, संस्थाका प्रवन्धक इन्द्रमणि अधिकारी लगायतकाले वोलेका थिए ।कार्यक्रमको सहजिकरण संस्थाका सचिव हेमराज शर्माले गरेका थिए ।