गिरिराज नेपाली /घोराही २९ कात्तिक । छुवाछुत विरुद्वको कानुन आएको ५० वर्षभन्दा बढि बितिसकेको छ । तर पनि कार्यन्वयन अभावमा यो कुप्रथा पूर्ण रुपमा अन्त्य हुन सकेको छैन् । दलित भएकै कारण समाजमा हेपिनुपर्ने कठोर अवस्थालाई पाखा लगाउन बनेको नीति नियम, कानुन पनि दलित समुदायको पहुँचमा आउन नसक्दा झनै सास्ती भएको छ ।
जातिय छुवाछुतलाई कानुनी रुपमा निषेध गरे पनि दलित माथी अझै जातिय छुवाछुुत र विभेदका घटनाहरु रोकिएका छैनन । दाङमा पनि यस्ता घटन पटक पटक हुँदै आएका छन् । शनिबार मात्रै घोराहीमा एक दलित दम्पतिलाई घरबेटीले कोठाबाट निकालेका छन् । घोराही १० त्रिपुरा टोलका घरवेटी तारा प्रसाद रेग्मीले भाडामा वस्दै आएका हरि प्रसाद परियार ‘कार्की’ र मेनका परिया कार्कीलाई घरवेटीले कोठाबाट निकालेको उनीहरु बताउछन् । घरबेटीले तिमिहरु दलित हौ , मेरो घर खालि गरिदेउ भनेको श्रीमान हरि प्रसादले बताए ।
दलित दम्पतिले शनिबार देखी रेग्मीको घरमा कोठाभाडा लिएर बस्न शुरु गरेका थिए । तर साँझ साढे ५ वजे घरधनी रेग्मीले दलित दम्पतिलाई अन्यत्रै कोठामा सार्ने दवाव दिएको बताए । पिडित मेनका परियारले भनिन् ‘ कोठाका सर–सामाना सबै राखिसकेका थियौ , तर घरबेटीले सबै सामान वाहिर निकालिदिए र अन्तै कोठा खोज भने । ’
उनले थपिन् ‘ घरबेटीले दिउसो आफ्नो घरमा कोठाभाडामा बस्न भनेका थिए , हामी पनि दिउसो कोठामा बस्यौ , तर साँझ घरधनिले दलितलाई मैले कोठा दिन्न भने पछि हामीले रातीमा अन्यत्र कोठाको वन्दोवस्त गरी सामान राख्यौ । ’ पिडित दम्पतिले एक रात वस्न दिनुस् , भोली कोठा सार्छाै भन्दा समेत घरधनिले आफुहरुलाई ‘दलित’ भन्दै गाली वेईज्जत गरेको बताए । दलित दम्पतिले रेग्मीको घरमा मासिक तीन हजार रुपैयाको दरले घरभाँडामा वस्ने सहमति भएको बताए । जातकै आधारमा घरधनि रेग्मीले गालीगलोच गरी अपशव्द प्रयोग गरेको पिडित हरि प्रसाद परियारले बताए ।
उनले भने ‘ तिमिहरु दलित हौ । मेरो घरमा कर्मकाण्ड गरेको छैन्, स्वास्नी वितेको अझै ४५ दिन पुगेको छैन ,कसरी दलितलाई कोठामा वस्न दिने , कोठाका सामान वाहिर निकाल भन्दै गाली गरे ।’ त्यसपछि हामीले राति नै सबै सामान अरुको घरमा सा¥यौ उनले भने । घरबेटीले दलितलाई बस्न नदिएको र तिमिहरुलाई पनि बस्न दिदैनौ भनेको पिडित दम्पतिले बताए । उनीहरुले भने ‘ दलितलाई हामीलाई वस्न दिएका छैनौ । तिमिहरु पनि दलित रहेछौ , अन्यत्र कोठामा जाऔ भनि हामीलाई घरबाट निस्कन भने । ’
उनले कानुनमै जातिय छुवाछुत अन्त्य हुनुपर्ने उल्लेख भएपनि अझै कार्यान्वयन हुन नसकेको भन्दै उनले प्रश्न गरे , के हामीले दलित भएकै कारण अपमान र घृणा सहनु पर्ने हो ? कानुनमा जातिय छुवाछुत र विभेद कडा भन्दा कडा कारबाही गर्ने उल्लेख भएपनि अझै पनि यसरी जातिय बिभेदलाई कानुनको कढघरामा उभ्याउन नसक्दा यस्ता समस्या पटक पटक बल्झिनै रहेको उनले बताए ।
कतै धर्म जोडिएका छन भने कतै वोक्सी जस्ता कुसंस्कारी विचारका कारण दलित समुदाय अझै जातिय विभेदको शिकार वन्नु पर्ने वाध्यता छ पिडित दम्पतिले भने । जातियका लागि सडक देखी सदन सम्म चर्का नारा र संघर्ष पनि नभएका होईन । तर जुन विचार राजनीतिक आस्थामा मात्र सिमित छन । अधिकाश दलितहरु माथि धर्मका कारण जातिय विभेदका घटनाहरु खुल्याम हुने गरेका छन ।
तर नियमकारी निकाय सम्म अझै दलित समुदायमा हुने गरेका जातिय विभेदका उजुरीहरु पर्न नसकेको दलित अगुवाहरुले बताउछन् । त्यसैले पनि दलित समुदाय जातिय विभेदको शिकार खेप्दै जानु पर्ने वाध्यता रहेको उनीहरुको भनाई छ । राप्ती समाचार