काठमाडौं, २९ कार्तिक । आज सन् १९४८ पछि चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक देखिने भएको छ । पृथ्वीको एकमात्र उपग्रह चन्द्रमा सोमबार ७० बर्षकै सबैभन्दा नजिक आउन लागेको हो ।

supermoonआइतबार र सोमबार बेलुका देखिने जस्तै चन्द्रमा अव सन् २०३४ मा मात्र देखिने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जनाएको छ । चन्द्रमाले पृथ्वीलाई घुम्ले कक्ष गोलो नभई अण्डाकार भएकाले चन्द्रमा पृथ्वीबाट कहिले नजिक त कहिले टाढा हुनेगर्छ ।

चन्द्रमा जव पृथ्वीको सबैभन्दा नजिक पुग्छ त्यसैलाई महाचन्द्र अर्थात ‘सुपरमुन’ भनिन्छ । चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक पुग्ने विन्दूलाई ‘पेरिग्री’ भनिन्छ भने सबैभन्दा टाढा पुग्ने बिन्दूलाई ‘आपोजी’ भनिन्छ ।

चन्द्रमा पेरिग्रीभन्दा १४ प्रतिशत बढीले पृथ्वीको नजिक रहन्छ । यसै कारणले सुपरमुनको बेलामा चन्द्रमा सामान्यभन्दा १४ प्रतिशतले ठूलो र ३० प्रतिशतले उज्यालो रहन्छ । भोलि बेलुका सााझ ५ बजेर ७ मिनेट जाँदा चन्द्रमा पृथ्वीबाट सबैभन्दा नजिक हुनेछ, अर्थात चन्द्रमा पेरिग्री बिन्दूमा हुनेछ ।